+
+
Shares

पार्टी एकता पाप पखाल्ने सुनौलो अवसर : प्रचण्ड

सुवास पण्डित सुवास पण्डित
२०७५ जेठ ३१ गते ५:००

३० जेठ, चितवन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप पखालिने बताएका छन् ।

पाप पखाल्ने बिम्बलाई महासागरमा गएर नुहाएपछि पाप पखालिन्छ भन्ने जनश्रुतिसँग लगेर जोडे । साविकको माओवादी पार्टी कार्यालय भरतपुर कृष्णपुरमा विहान भएको पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टी एकताको महासागरमा पौडिएर विगतका गल्ती-पाप पखाल्ने सुनौलो अवसर आएको बताए ।

‘विगतमा पाप गरिएको छ भने पनि मोक्ष प्राप्त गर्ने यो महत्वपूर्ण अवसर हो, एकताको महासागरले हिजोका सबै पाप पखालिने छ’ नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकीकरण हिजोको मैलोधैलो पखाल्ने अवसर हो उपयोग गरौं ।’

पार्टी एकीकरणलाई अवसरको रुपमा लिँदै नयाँ पार्टीमा गुटबन्दी अन्त्य गर्नुपर्ने उनले बताए । विगतमा दुवै पार्टीमा गुटबन्दी, अन्र्तघात सवै भएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने, ‘अन्तरघात गर्ने काम पनि गर्न छाडेका छैनौं,

व्यक्तिगत स्वार्थका लागि मरिमेट्ने चिन्तन पनि हामीसँग छ, यसले न पार्टीको भलो गर्छ न देश र जनताको ।’

अध्यक्ष दाहालले राष्ट्रलाई समाजवादतर्फ लैजान एकतावद्ध भएर काम गर्नुको विकल्प नभएको बताए । जनताले दुई कम्युनिस्ट पार्टी एक भयो भन्दैमा छुट नदिने भन्दै राम्रो काम गरे मात्रै जनताको साथ पाउने अध्यक्ष प्रचण्डले बताए ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?