३१ जेठ, काठमाडौं । सरकारले अबको ३ महिना कुनैपनि प्रयोजनको लागि सडक नखन्न निर्देशन दिएको छ । सडक विभाग अन्तरगतको मध्यमाञ्चल सढक निर्देशनालयले एक सार्वजनिक सूचना जारी गरेर वषर्ायामभरि खानेपानी, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनमा सडक नख्न्न निर्देशन दिएको हो ।
सडक थप बिग्रँदै जाने भएकाले वर्षायामभरि सडक खन्न नदिने निर्णय भएको निर्देशक शिवहरि सापकोटाले जानकारी दिए । यसरी खनिएको सडक सडक तत्कालै मर्मत गरी पूर्वअवस्थामा ल्याउन नसकिने जनाउँदै निर्देशनालयले सडक खन्न निषेध गरेको हो ।
असार १देखि भदौ मसान्तसम्म सडक खन्न नपाइने व्यवस्था गरिएको हो । जबरजस्ती सडक खनेमा कानुनबोजिम कारवाही गर्ने चेतावनी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4