Comments Add Comment

जम्मु कश्मीरमा सम्पादकसहित ४ जनाको हत्या, इदमा उठ्यो आतंकवादको शीर !


१ असार, काठमाडौं । भारतको श्रीनगरमा एक पत्रिकाको सम्पादकसहित तीन जनाको गोली हानेर हत्या भएको २४ घण्टा नबित्दै एक सैनिकको पनि हत्या भएको छ ।

राइजिङ कश्मीर पत्रिकाका सम्पादक शुजात बुखारी र दुई सुरक्षाकर्मीको बिहीबार साँझ लाल चोक नजिक बिहीबार साँझ सवा सात बजे हत्या भएको थियो । त्यसलगत्तै बिहीबार राति एक सैनिकको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।

जम्मु कश्मीरको पुलवामको कलमपोरा भन्ने ठाउँबाट अपहरणमा परेका भारतीय सेनाका जवान औरंगजेबको हत्या भएको अवस्थामा शव फेला परेको हो । मुस्लिम समुदायको पवित्र महिना रमजानको अन्तिम दिन इद मनाउन आफ्नो घर जाँदै गर्दा उनी अपहरणमा परेका थिए ।

उनको शव पुलवामभन्दा १० किलोमिटर टाढा गुसु गाउँमा फेला परेको थियो । टाउको र गर्धनमा गोली हानिएको अवस्थामा शव फेला परेको भारतीय सन्चार माध्यमहरुले जनाएका छन् ।

२४ घण्टाभित्र एक पत्रकार र तीन सुरक्षाकर्मीसहित चार जनाको हत्या भएपछि जम्मु कश्मीरमा आतंकवादले फेरि शीर उठाएको टिप्पणी हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment