+
+
Shares

पेस्तोल देखाउँदै हात खुट्टा बाँधेर डकैती गर्ने दुई जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १ गते १७:५१

१ असार, काठमाडौं । प्रहरीले पेस्तोल देखाएर हात खुट्टा बाँधी डकैती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भएका २९ वर्षीय टोकल भनिने रोहितबहादुर थापा र सिन्धुपाल्चोकको मेलम्ची–१ का ४२ वर्षीय अदिप भनिने विनोद उर्फ टोकलबहादुर तामाङ छन् ।

उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरको भैंसेपाटी र जवालाखेलबाट पक्राउ परेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

उनीहरुले गत १० माघमा भक्तपुरको सूर्यविनायक–८, गणेश चोकस्थित मनोहर बस्नेतको घरमा डेरा गरी बस्ने रामबहादुर तामाङको कोठामा प्रवेश गरी पेस्तोल र खुकुरी देखाएर हात खुट्टा डोरीले बाँधी डकैती गरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले सुनका विभिन्न गरगहना, मोबाइलसहित करिब १६ लाख ७ हजार ९ सय रुपैयाँ बराबरको सामान लुटपाट गरेका थिए ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाइएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?