Comments Add Comment

भजनीको स्वास्थ्य केन्द्रमा अन्तरंग सेवा

१ असार, कैलाली । कैलालीको बाढी प्रधावित क्षेत्र भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रबारबाट अन्तरंग सेवा सुरु भएको छ । अन्तरंग सेवाको प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्ललेे सुभारम्भ गरेका हुन् ।

२०१८ सालमा मलवारा हेल्थपोस्टका नामबाट स्थापित स्वास्थ्य केन्द्रले आइसीयु र मेजर अप्रेशन बाहेकका सेवा प्रदान गर्दै आएको स्वास्थ्य केन्द्रले जनाएको छ ।

शुक्रबार देखि सुरु हुनेे गरी बिरामीलाई २४ सै घण्टा सेवा दिने उद्देश्यले अन्तरंग सेवा सुरु गरिएको हो । सेवाको सुभारम्भ गर्दै प्रदेश प्रमुख मल्लले सामान्य औषधि दिने स्वास्थ्य केन्द्रबाट ठूलाठूला रोगका बिरामीको उपचारसमेत सुरु भइसकेको भन्दै खुशी व्याक्त गरे ।

भजनी नगरका बिरामीको गन्तव्य भजनी स्वास्थ्य केन्द्रनै भएकाले स्वास्थ्य केन्द्रलाई कम्तीमा २५ शय्यासम्मको अस्पताल बनाउन सबै निकाय लाग्नुपर्ने धारणा उनले राखे । आफू प्रदेश सरकारको अबिभावक मात्र भएकाले प्रदेश सरकार मार्फत भजनी स्वास्थ्य केन्द्रको बिकाशका लागी पहल गर्ने आश्वासन दिए ।

कार्यक्रममा बोल्दै भजनी नगरपालिकाका मेयर शेरबहादुर चौधरीले नगरपालिकामा जनप्रतिनिधी आएपछि नगरको स्वास्थ्य क्षेत्रमा शुधार आएको बताए ।

उनले आफ्नो पहिलो प्राथमिकता स्वास्थ्य नै रहेकाले हाल स्वास्थ्य केन्द्रलाई १० शैयाको बनाउन सफल भएको बताउदै निकट भविष्यमा २५ शय्याको बनाउने लक्ष्य लिएको बताए ।

स्वास्थ्य केन्द्रमा हाल १८ जना कर्मचारी कार्यरत छन् । नगरपालिकामा १ मात्र स्वास्थ्य चौकी भएकाले र बढिजसो निम्न बर्गका व्यक्तीहरुको बसोबास रहेकाले सामान्य सेवा भएपनि भजनी स्वास्थ्य केन्द्रले नै दिइरहेको स्वास्थ्य केन्द्रका प्रमुख शिशिर देवकोटाले बताए ।

आइसियु र अप्रेशन बाहेक अन्य सबै सबै सेवा दिइरहेको भएपनि जनशक्ती अभाव र औषधि अभावका कारण बिरामीलाई आवश्यक्ता अनुसार सेवा दिन नसकेको उनले बताए ।

क्षेत्रमा नै पहिलो पटक स्वास्थ्य बीमा अन्तर्गत फार्मेसी संचालन गरेर उदाहरणीय काम गर्न सफल भएकेा भजनी स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गर्नका लागि एउटा कोठा र शव राख्ने पि|mजको अति आवश्यक रहेको डा. देवकोटाले बताए ।

अस्पताल विकास समितीका अध्यक्ष एवं ३ नम्बर बडाका अध्यक्ष रविन थापाले ‘स्वास्थ्य नै धन हो’ भन्ने मुलमन्त्रलाई मनन गर्दै अस्तालको स्तारोन्नतीका लागि आफु सधै लागि पर्ने बताए ।

उनले अहिले रहेकेा भजनी स्वास्थ्य केन्द्रलाई अस्पतालको रुपमा विकास गर्न सबै क्षेत्रबाट सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment