Comments Add Comment

मन्थलीमा निस्कियो रित्ता थालसहित जुलुस

३ असार, रामेछाप । रामेछापका उद्योगी, व्यवसायीहरुले आइतबार सदरमुकाम मन्थलीमा रित्ता थाल र चम्चासहित जुलुस निकालेका छन् ।

बीपी राजमार्गमा १० टनभन्दा हभी साधन साधन सञ्चालनमा रोक लगाएको विरोधमा उनीहरुले थालसहित जुलुस निकालेका हुन् । रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा निकालिएको जुलसमा स्थानीयबासी पनि सहभागी थिएका थिए ।

बीपी राजमार्गमा १० टन माथिका मालवाहक र १८ सिट माथिका यात्रुवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भौतिक पूर्वाधार मन्त्रालयले खुला गरेपनि सर्वोच्च अन्तरिम आदेशबाट रोकेको छ ।

यसको विरोधमा रामेछापका व्यवसायी र उपभोक्ताहरु आन्दालनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment