Comments Add Comment

सत्तारुढ सांसदको आक्रोशः अर्काको भारी बोक्दिन, बजेट सरकारलाई नै फिर्ता

३ असार,  काठमाडाैं । सत्तारुढ दलकै सांसदले बजेट विनियोजनप्रति आपत्ति जनाएका छन् । कालीकोटका सांसद दुर्गबहादुर रावतले आफू कसैको भरिया नभएको भन्दै सरकारले ल्याएको बजेट सरकारलाई नै फिर्ता गरिदिएको घोषणा गरे ।

बजेटको विषयगत छलफलका क्रममा आइतबार सांसदमा बोल्दै सांसद रावतले मन्त्री र सरकारलार्इ भने,’ तपाईंहरुका जिल्लामा बजेट हुने, म अपाङग मान्छे जीवनमा कहिल्यै भारी बोकेको छैन । तपाईंहरुको भारी बोक्न सक्दिन । तपाईंहरुका किताव तपाईंहरुलाई नै फिर्ता दिएको जानकारी गराउँछु ।’

नीति तथा कार्यक्रम नै चित्त बुझ्दो नभएको तर बाध्यताले समर्थन गरेको स्मरण गराउँदै सांसद रावतले सरकारको बजेट नीति, बिधि र थितीमा समेत नरहेको बताए ।

आफूहरुलाई जनताले समृद्धिका लागि भोट दिएको तर अहिले सरकारले फर्किने बाटो समेत बन्द गरिएको गुनासो रावतको छ । ‘हामीलाई थमाइएको घोषणपत्रमा समृद्धि लेखिएको थियो । त्यही लिएर गाउँमा पुगेका थियौं । समृद्धि र विकास चाहनेले भोट दिएका हुन्,’ उनले प्रश्न गरे, ‘अब हामी कसरी फिर्ता हुने ? बाटो नै छैन । यसमा घोर आपत्ति छ ।’

बजेटले उत्पीडित क्षेत्रलाई सम्बोधन नगरेको भन्दै आफ्नो निर्वाचन क्षेत्र रहेको कालीकोटमा खानेपानीको एउटा क्रमागत योजना बाहेक कतै पनि कालीकोट शब्द नराखिएको भन्दै आक्रोश व्यक्त गरे ।

‘यो सरकारले उत्पीति क्षेत्रलाई सम्बोधन गरेको छैन । कर्णालीलाई पछि पारिएको थियो । क्षतिपूर्तिसहित बजेट आउँछ भन्ने आशा थियो तर खानेपानी बाहेक बजेटमा कालीकोट छैन,’ उनले अघि भने, ‘कालीकोट लेख्नु भएको छैन मन्त्री ज्यूले, कालीकोटमा पुगिदिने भए भाडाको व्यवस्था र किताव हेर्ने भए म चस्माको व्यवस्था गरिदिउला । कालीकोटलाई हेरिदिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment