Comments Add Comment

गाडीबाट प्लास्टिक फ्याक्नेलाई अनुष्काले झपारेपछि…

अभिनेत्री अनुष्का शर्माले कारको झ्यालबाट प्लास्टिक फ्याक्ने एक भलाद्मीलाई नराम्ररी झपारिन् । झपारेको भिडियो क्लिप्स उनका पति बिराट कोहलीले सामाजिक सञ्जालमा सेयर गरे । र यो चाँडै भाइरल पनि भयो ।

अहिले ती भलाद्मीले सामाजिक सञ्जालबाटै विरुष्कालाई कडा जवाफ दिएका छन् । उनले आफूले फ्याकेको प्लास्टिकभन्दा अनुष्काको मुखबाट निस्केको गाली बढि फोहोर भएको बताएका छन् । यी व्यक्तिको नाम हो अरहान सिंह ।

उनी लेख्छन्, ‘मैले लापरवाहीपूर्वक एउटा सानो प्लास्टिकको टुक्रा गाडी हाँकिरहँदा बाहिर फ्याँके । सँगै गुडिरहेको एउट कारको झ्याल उघि्रयो । कारभित्रबाट अनुष्का शर्मा सडकछाप व्यक्ति जसरी चिच्याउन थालिन् । म आफ्नो लापरवाहीका लागि माफी माग्छु । तर अनुष्काले अलिकति पनि सभ्यरुपमा बोलेको भए उनको स्टारडम कम हुने थिएन ।

शिष्टाचार र सफाई कैयौं प्रकारका हुन्छन् । यसमा कुराकानीको ढंग पनि पर्छ । मेरो कारबाट गल्तिले बाहिर फ्याकिएको प्लास्टिक जति फोहोर थियो, त्योभन्दा कैयौं गुणा फोहोर थियो तिम्रो मुखबाट निस्केको शब्द र त्यो भिडियो खिचेर सामाजिक सञ्जालमा राख्ने बिराट कोहलीको दिमाग ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment