Comments Add Comment

टीयू गेटमा विद्यार्थीले दाउरा बालेर भात पकाए

इन्धनको मूल्यवृद्धि आधामात्र फिर्ता भएको भन्दै विरोध


४ असार, काठमाडौं । इन्धनको मूल्यवृद्धि आधा मात्र फिर्ता भएको विरोधमा नेपाल विद्यार्थी संघले दाउराबाट खाना पकाएर विरोध गरेका छन् ।

विद्यार्थीहरुले त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसको गेटमै खाना पकाएका हुन् । सरकारले केही समयअघि लगातार इन्धनको मूल्य बृद्धि भएको थियो ।

आइतबार आयल निगमले पेट्रोलमा ३ र डिजेल तथा मटि्टतेलमा लिटरमा २ रुपैयाँ मूल्य घटाएको छ ।

हेर्नुस् भिडियो

तर, बढेको अनुपातमा मूल्य नघटेको भन्दै नेविसंघले विरोध जारी राख्ने बताएको छ । महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थीहरुले ग्यासबाट खाना पकाएर खान नसक्ने अवस्था आयो भन्ने सन्देश दिन दराउबाट पाना पकाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment