Comments Add Comment

होटलको समस्याले इंग्ल्याण्ड टिमको निन्द्रा गायव !

४ असार, काठमाडौं । इंग्ल्याण्डले सोमबार राति ट्युनिसियासँग हुने खेलबाट आफ्नो विश्वकप सुरु गर्दैछ ।

तर, एउटा ठूलो समस्याले इंग्ल्याण्डका खेलाडीहरुको निन्द्रा गायब भएको खुलासा भएको छ ।

ग्यारेथ साउथगेटको टिमले भोल्गोग्राड रंगशालामा ट्युनिसियासँग भिड्नुअघि उनीहरुको तयारीमा होटलको एउटा समस्याले बाधा पुगेको हो ।

इंग्ल्याण्डको टिम रेपिनोस्थित फरेस्ट मिक्स क्लब होटलमा बसेको छ । गोपनीयताको लागि यो होटल धेरै नै राम्रो भए पनि यसको एउटा समस्याले थ्री लायन्स टिमलाई गाह्रो बनाएको छ ।

आई न्युजका पत्रकार साम कनिङ्गमका अनुसार लामो समयसम्म स्थिर रहने सूर्यको प्रकाशले उनीहरुको निन्द्रा हराम गरेको छ ।

साढे ११ बजे रातिसम्म सूर्य अस्ताउँदैन र बिहानै तीन बजे नै उदाउँछ जसको कारण खेलाडीहरु पर्याप्त निदाउन पाएका छैनन् ।

सूर्यको प्रकाश छेक्न होटलका सबै कोठाको झ्यालहरुमा ‘ब्ल्याकआउट ब्लाइन्ड’ जडान गरिएको भए पनि यसले समस्यालाई पूर्णरुपमा समाधान गरेको छैन ।

प्रशिक्षक साउथगेटले टिमको बेसको रुपमा किन रेपिनोलाई छानिएको भनेर विस्तृतमा खुलाएका छन् ।

उनले भनेका छन्, ‘उचित स्थान छान्ने क्रममा हामीले धेरै छलफल गर्‍र्यौं र यात्रा, हावापानी र ट्रेनिङ ग्राउण्ड सबैको गुणस्तरको आधारमा यस स्थान छानेका हौं ।’

हृयारी केनको कप्तानीमा रुसको मैदानमा उत्रिन लागेको थ्री लायन्सका नौ जना खेलाडीले विश्वकपमा डेब्यु गर्दै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

धिमे बजाउने केटी…

Advertisment