Comments Add Comment

सुजुकीको स्विफ्ट तेस्रो संस्करणको पहिलो ग्राहक बने शक्ति गौचन

काठमाण्डौ । आइतबार नेपालमा सार्वजनिक भएको सुजुकी स्विफ्टको तेस्रो संस्करण किन्ने पहिलो ग्राहक नेपालका चर्चित क्रिकेटर शक्ति गौचन बनेका छन् ।

यस मोडेलको अनावरण संयुक्त रुपमा सीजी होल्डिङ्सका सभापति तथा प्रबन्ध निर्देशक अरुण चौधरी र गौचनद्वारा गरिएको थियो ।

कार्यक्रममा बोल्दै शक्ति गौचनले भने ‘म पहिले देखि नै सुजुकीको ˆयान हुँ । सानैदेखि नै मलाई सुजुकीका गाडीहरुमा निकै चासो हुने गर्दथ्यो । यस दिनको लागि म लामो समयदेखि धैर्यतापूर्व पर्खाइमा थिएँ । लामो प्रतीक्षाको फलस्वरुपआज एक उत्कृष्ट गाडी प्रयोग गर्ने अवसर प्राप्तगर्दा म निकै उत्साहित छु ।’

यस नयाँ स्विफ्ट सिंगल एपर्चर फ्रन्ट ग्रील, एल इ डि प्रोजेक्टर हेडल्याम्प, कट टु-टोन अलोय व्हील तथाअर्बन स्याटिन क्रोमयुक्त इन्टेरियर सहित एक उत्कृष्ट डिजाइनको साथै १.२ लिटर भिभिटि जस्ता प्रविधिले उच्चस्तरीय पर्फोमेन्स्र यात्रु, पैदलयात्रीएवं बालबच्चाको सुरक्षामाकेन्दि्रत डुवल एयरब्याग, इबिडि९भ्म्द्य० सँगै एबिएस, आइसोफिक्स् र टोटल इफेक्ििटभ कन्ट्रोल टेक्नोलोजीसँगै ल्याइएको हो ।

सुजुकीको अभिनव पाँचौ संस्करण हर्टेक्ट प्ल्याटर्फममानिर्मित नयाँ स्विˆटको पावर र तौलको उत्कृष्ट अनुपात सहित सुधार गरिएको एक्सलरेशन पर्फोमेन्स् सहितबजारमा ल्याइएको छ ।

यसको प्रारम्भिक अफरसहित मूल्य २८ लाख ९९ हजार तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment