Comments Add Comment

‘स्कुल फोविया’ कतै तपाईको बच्चालाई पनि यस्तै समस्याले गाँजेको छैन ?

विद्यालय किन जाने ?

सरल जवाफ हो, ‘नयाँ कुरा सिक्नका लागि ।’

तर, बच्चाहरु स्कुल जान भनेपछि किन डराउँछन् ?

यसको जवाफ एक वाक्यमा पुरा हुँदैन । बच्चाहरु स्वभावैले उत्सुक हुन्छन् । जिज्ञासु हुन्छन् । उनीहरुलाई नयाँ-नयाँ कुरा सिक्न मन लाग्छ । नयाँ कुरा देख्नसाथ त्यसमा प्रश्न गर्न चाहन्छन् । तर, त्यही नयाँ कुरा जान्न, सिक्ने औपचारिक थलो अर्थात विद्यालय जान विद्यार्थीहरु अक्सर आनाकानी गर्छन् । उनीहरुलाई विद्यालय जान डर लाग्छ ।

सामान्यत विद्यालयमा निश्चित समयसीमामा बाँधिएर शिक्षक/शिक्षिकाले पढाएको कुरा सिक्नुपर्ने भएकाले बालबालिकाहरु बिद्यालय जान त्यती उत्साहित हुँदैनन् । तर, यी बच्चाहरु विस्तारै विद्यालयमा अभ्यस्त हुँदै जान्छन् । र, त्यही रमाउन थाल्छन् ।

स्कुल फोबिया

तपाईं, हामीले देखेका छौं, कतिपय बच्चाहरु विद्यालय जान भनेपछि यति चिच्याउँछन्, रुन्छन् मानौ उनीहरुलाई युद्धको मैदानमा पठाउन लागिएको हो । आखिर किन बच्चाहरु विद्यालयसँग त्यती धेरै डराउँछन् ? किन विद्यालय जान भनेपछि उनीहरुको शरीरमा काँडा उम्रन्छ ? विद्यालयसँग उनीहरु किन त्यती धेरै भयभित रहन्छन् ?

घर-परिवारभित्र हुर्किरहेका बच्चाहरु आमाबुबाबाट टाढा रहन रुचाउँदैनन् । घरमा जस्तो मनोमानी ढंगले खेल्न, रमाउन पाउँदैनन् । त्यसैले उनीहरुलाई विद्यालय भन्दा घर पि्रय लाग्छ । प्रिय थलो छाड्नुपर्ने र अनुशासनभित्र बाँधिएर बस्नुपर्ने विद्यालयमा घण्टौं विताउनुपर्ने हुँदा उनीहरुलाई विद्यालय जान रुची जाग्दैन ।

आमाबुबाको सामिप्यता

प्रत्येक आमाबाबुका लागि आˆना सन्तान विशेष हुने गर्छन् । त्यसैले त, आˆना बच्चाहरुलाई लिएर प्रत्येक आमाबाबु चिन्तित हुने गर्छन् । र, त्यो चिन्ता त्यतिबेला उत्कर्षमा पुग्छ, जब बच्चाहरु स्कुल जान सुरु गर्छन् । बच्चाहरु स्कुल जादाँ नयाँ माहोलमा कसरी आफूलाई परिचित गराउँछन् भन्ने नै आमाबाबुको चिन्ताको मुख्य कारण रहने गर्छ ।

यही चिन्ताका कारण उनीहरुको मनमा विभिन्न किसिमको डर समेत पैदा हुन्छ । तर त्यो डरलाई लुकाएर आˆना बच्चाहरुलाई स्कुल जाने वातावरण तयार पार्नु नै आमाबाबुको प्रमुख कर्तव्य हुने गर्छ ।

किनकी बच्चाहरुमा स्कुल जाने डर तब पैदा हुन्छ, जब मातापिता प्रति उनीहरुको लगाव धेरै हुने गर्छ । र, आमाबाबुसित टाढा रहने डरले नै उनीहरु बढी चिन्तित हुने तथा स्कुल जान डराउने गर्दछन् ।

उक्त डर कम गर्न निम्न लिखित उपाय अपनाउन जरुरी छ ।

बाईबाई नभन्ने

बच्चाहरुलाई स्कुल छोड्न जाँदा कहिल्यै बाईबाई भन्नु हुँदैन । किनकी बाइबाई भन्नासाथ बच्चाहरुमा अभिभावकसित टाढिने डर कायम हुने गर्छ । जसका कारण कक्षामा बस्नु अगाडी नै उनीहरु रुन सुरु गर्छन् ।

घरमै स्कुल स्कुल खेल्ने

नयाँ माहोल तथा अलग्ग बातावरणमा ढाल्न कयौ बच्चाहरुलाई समस्या हुने गर्छ । स्कुलमा गएपछि बच्चाहरुलाई यस्ता समस्या नहोस् भन्नका लागि बच्चालाई घरमै स्कुल स्कुल खेलाउन सकिन्छ । घरमै स्कुल स्कुल खेल्नाले बच्चामा स्कुल जाने माहोल तयार हुनुका साथै बच्चाहरु स्कुलमा हुने क्रियाकलापबारे घरबाटै अभ्यस्त हुन सिक्दछन् ।

बच्चाहरुसित कुरा गर्ने

बच्चाहरुको तनाव कम गर्न उनीहरुसित कुरा गरौ । उनीहरुलाई विभिन्न क्रियाकलापमा संलग्न गरौ । यस्ता क्रियाकलापले उनीहरुको तनाव कम हुनुका साथै उनीहरुलाई शान्त राख्न तथा आत्मविश्वास जगाउन मद्दत मिल्ने गर्छ ।

बच्चाको कुरा सुन्न र आवश्यक्ता पूरा गर्ने

नयाँ माहोलमा बच्चाहरु प्राय आफूलाई असुरक्षित महसुस गर्दछन् । त्यसैले, बच्चाहरुलाई के चाहिन्छ उक्त कुरा बुझेर उनीहरुको आवश्यक्ता पूरा गर्न सकिन्छ । अझ सकिन्छ भने आफू स्कुल पढ्दाको अनुभव उनीहरुलाई पनि सुनाऔ । जसले गर्दा स्कुल प्रतिको उनीहरुको डर क्रमश कम हुँदै जान्छ ।

भर्ना गर्नु अघि स्कुलमा घुमाउने

कुनै पनि बच्चालाई स्कुल भर्ना गर्नु पूर्व उनीहरुलाई कम्तीमा एक पटक स्कुल पूरै देखाउनु पर्छ । ताकी बच्चा उक्त स्कुल,त्यहाँको क्लास रुप तथा प्ले ग्राउन्डसित परिचित हुन सकोस् ।

छिमेकको बच्चाको स्कुलमा भर्ना गर्ने

प्राय बच्चा नयाँ अनुहार देख्नासाथ डराउने गर्छन् । स्कुल जान अन्कनाउने गर्छन् । त्यसैले, बच्चाहरुलाई यस्तो स्कुलमा भर्ना गर्नु उत्तम हुन्छ, जहाँ छरछिमेकको बच्चाहरु पनि पढ्ने गर्छन् । छरछिमेकको बच्चाहरु पढ्ने स्कुलमै आˆनो बच्चालाई भर्ना गर्दा बच्चाले एक्लो महसुस गर्दैन ।

आˆनो डर नदेखाऔं

जब बच्चाहरु स्कुल जान डराउन थाल्छन्, यो कुराले आमाबाबुहरुलाई निकै प्रभावित गर्छ । कतिसम्म भने बच्चाहरु स्कुल जान डराएको देखेरै कयौ अभिभावकहरु बच्चाको तुलनामा अधिक चिन्तित हुने गर्दछन् । जुन जायज पनि हो । यद्यपी, यस्ता डरका कारण बचचाहरुमा नकारात्मक प्रभाव पार्ने हुदाँ प्रत्येक आमाबाबु यसबारे सचेत हुन आवश्यक छ ।

स्कुलको नाम लिएर नतर्साउने

बच्चाहरुलाई कहिल्यै पनि स्कुलको नाम लिएर तर्साउने नगरौ । यस्तो गर्नाले बच्चा स्कुलको नाम लिनासाथ विरामी भएको बहाना बनाउन सुरु गर्छन् । र, ती बहाना एक बहानामात्र भएकोले यसलाई गम्भीरता पूर्वक लिन आवश्यक छैन ।

घरमै स्कुलमा गरिने क्रियाकलापको अभ्यास गराउने

आˆना बच्चाहरुलाई घरमा पनि स्कुलमा गरिने क्रियाकलापको अभ्यास गराऔ । घरमै अभ्यास गर्नाले स्कुलमा गएर उक्त क्रियाकलाप गर्न बच्चाहरुलाई समस्या हँुदैन र बच्चाहरुलाई स्कुलको डर पनि कम हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment