Comments Add Comment

रामेछापमा आठौं दिन पनि आन्दोलन, मानव साङ्गलो प्रदर्शन

५ असार, रामेछाप । वीपीमार्गमा १० टन माथिका ढुवानीका साधन सञ्चालनमा प्रतिवन्ध लगाइएको विरोधमा रामेछापमा आठौं दिन पनि आन्दोलन जारी छ । मंगलबार बिहान रामेछाप सदरमुकाम मन्थलीमा मानव साङ्गलो निकालिएको छ ।

रामेछाप उद्योग वाणिज्य संघको अगुवाइमा भएको मानव साङ्गलो र्‍याली मन्थली बजार परिक्रमा गरी देवकोटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै रामेछाप उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष केशव घिमिरेले आन्दोलनको आठौं दिनसम्म पनि माग सम्बोधन नभएको बताए । उनले अबको आन्दोलन कसरी अघि बढाउने भन्ने विषयमा सर्वपक्षीय बैठक राखेर तय गर्ने जानकारी दिए ।

सर्वाेच्च अदालतले गत जेठ २२ गते बीपी राजमार्गमा १० टन माथिका यातायात साधन सञ्चालन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयनमा नल्याउन निर्देशन दिएपछि सिन्धुली प्रशासनले सिन्धुलीदेखि खुर्काेटसम्मको सडकमा ठूला मालबाहक यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । जसले गर्दा रामेछापमा उपभोग्य र निर्माण सामाग्री अभाव भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment