चलचित्र प्रमोशनका लागि भारतीय कलाकार राजन कुमार नेपाल आएका छन् । जुलाइको अन्तिम साता प्रदर्शनमा आउन लागेको आफ्नो चलचित्र ‘नमस्ते बिहार’को प्रमोशनका लागि उनी नेपाल आएका हुन् । पत्रकारसँग भेटघाट गर्ने क्रममा उनको परिचय हाबी भयो ।
भारतमा स्टेज शोमा व्यस्त राजनलाई चार्ली चाप्लिनको रुपमा पनि चिनिन्छ । उनको नाम सन् २०१० मा ‘चार्ली चाप्लिन २’को रुपमा गिनिज बुकमा पनि लेखिएको छ । पत्रकारको आग्रहमा उनले कार्यक्रममा चार्ली चाप्लिनको अभिनय पनि गरेका थिए । उनले, आफ्नो चलचित्र ‘नमस्ते बिहार’ बिहारमा जन्मिएको युवाको कथामा बनेको बताए ।
चलचित्रमा डब्लु निडर र साहसी युवाको भूमिकामा रहेको उनले बताए । भूमिका कलिता चलचित्रमा नायिकाको रुपमा छिन् । नमस्ते बिहार पत्रिकाको नाम भएको भन्दै राजनले यही पत्रिकाको नामबाट चलचित्र बनाएको बताए । उनले, चलचित्र प्रचार र घुमघामका लागि नेपाल आएको समेत बताए ।
प्रतिक्रिया 4