Comments Add Comment

डा. उपेन्द्र देवकोटाको पशुपति आर्यघाटमा अन्त्येष्टि


५ असार, काठमाडौं । दिवंगत वरिष्ठ नशारोग विशेषज्ञ प्रा. डा. उपेन्द्र देवकोटाको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पत्नी डा. मधु देवकोटा, छोरीहरु मेघा, बसुधा र मञ्जरीले दागवत्ती दिएका छन् ।

उनको विद्युतीय प्रणालीबाट शवदाह गरिएको छ । देवकोटाप्रति अन्तिम श्रद्धाञ्जली दिन आफन्त र शुभचिन्तकको ठूलो संख्या पशुपति आर्यघाट पनि पुगेको थियो ।

सोमबार साँझ निधन भएका डा. देवकोटालाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ बजेदेखि बाँसबारीको न्युरो अस्पताल राखिएको थियो ।

डा. देवकोटालाई श्रद्धाञ्जली दिन उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्व प्रधानमन्त्री एवम् उहाँका विद्यालय तहका सहपाठी डा. बाबुराम भट्टराईसहित विभिन्न राजनीतिक दलका नेताहरु अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment