Comments Add Comment

सलमान खानको पहिलो फिल्मको किस्सा

धेरैले ‘मैने प्यार किया’ लाई बलिउड अभिनेता सलमान खानको पहिलो फिल्म ठान्छन् । तर, योभन्दा अगाडि उनले एउटा फिल्म खेलिसकेका थिए । सो फिल्म थियो, ‘बिबी हो तो ऐसी’ ।

मैने प्यार किया सन् १९८९ मा रिलिज भएको थियो भने ‘बिबी हो तो ऐसी’ १९८८ मा । तर यो फिल्म नराम्ररी फ्लप भएको हुनाले सलमान आफैं पनि सम्झिन चाहँदैनन् ।

खासमा निर्देशक एके बिहारीले यो फिल्ममा त्यतिबेलाका चर्चित हिरोलाई नै खेलाउन चाहन्थे । उनी फिल्मको स्त्रिmप्ट बोकेर थुप्रै हिरोहरुको दैलो चहारे । तर, स्क्रिप्ट यति झुर थियो कि कुनै हिरोले पनि फिल्म खेल्न मानेनन् ।

चलेका हिरोले नमानेपछि उनले नयाँ हिरो राख्न वाध्य भएका थिए र सलमान खानलाई अडिसनका लागि बोलाएका थिए । यो फिल्ममा रेखाले पनि अभिनय गरेकी छन् ।

हालै एक टेलिभिजन कार्यक्रममा सलमानले भने, ‘म धेरै वर्षसम्म यो सोच्दै आएँ कि मेरो प्रतिभा र लुक्सको कारणले यो रोल पाएको हुँ । तर, निर्देशक बिहारीले एक दिन मेरो भ्रम तोडिदिए । खासमा उनले कुनै गतिलो हिरो नपाएपछि मलाई लिएका रहेछन् ।’

पहिलो फिल्म फ्लप भए पनि उनका लागि यसले बाटो भने खोलिदियो । त्यसपछि सलमानलाई अफर आयो ‘मैने प्यार किया’ मा । जुन फिल्म उनको करिअरकै निम्ति कोशेढुंगा बन्यो । अहिले सलमान खान बलिउडको बक्स अफिस किङ नै बनेका छन् ।

उनका जति झुर फिल्मले पनि सयौं करोडको व्यापार गरिरहेका छन् । हालै आएको रेस -३ लाई समिक्षकहरुले जति गाली गरे पनि बक्स अफिसमा राम्रो कमाई गरिहेको छ । फिल्मले तेस्रो दिनमा नै सय करोड कलेक्सन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment