Comments Add Comment

प्रधानसेनापति र पाकिस्तानी सैनिकका अध्यक्षको भेटवार्ता

५ असार, काठमाडौं । नेपाल भ्रमणमा आएका पाकिस्तान स्थल सेनाका अध्यक्ष जनरल जुबाइर मोहमद हयात र नेपालका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीवीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्तामा अध्यक्ष हयातले पाकिस्तान सरकारको तर्फबाट नेपाली सेनाका प्रधानसेनापति क्षत्रीलाई विशेष सम्मान स्वरुप विशिष्ट व्यक्तित्वहरुलाई प्रदान गरिने उच्चस्तरको विभूषण निशान (ए-इम्तियाज -मिलिटरी) प्रदान गरेका छन् ।

साथै भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

मंगलबार नै अध्यक्ष हयातले टुडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गरेका थिए भने उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

जंगी अड्डामै उनलाई एक विशेष कार्यक्रममा युद्धकार्य महानिर्देशक उपरथी शरदकुमार गिरीबाट नेपाली सेना सम्बन्धी विविध विषयमा प्रस्तुतिकरण समेत गरिएको थियो ।

पत्नीसहित नेपाल आएका   पोखरा भ्रमणमा समेत जाने कार्यक्रम रहेको छ । साथै उनले नेपालका सांस्कृतिक सम्पदाहरुको भ्रमण गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment