+
+
Shares

एनजीओहरु नाफामुखी भए, नियन्त्रण गर्छाैः मुख्यमन्त्री राई

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ५ गते १९:००

५ असार, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपालमा कार्यरत अधिकाश गैरसरकारी संस्थाहरु नाफा कमाउने उदेश्यका साथ केन्द्रित हुदाँ जनताको मन जित्न नसकेको बताए ।

मुख्यमन्त्री राईले अब जनताको मन जित्ने गरी काम नगर्ने त्यस्ता गैरसरकारी संस्थाहरुलाई प्रदेश सरकारले चाडै कानून निर्माण गरी अनुगमन र नियन्त्रणको पहल थाल्ने पनि बताए ।

मोरङको धनपालथान गाउपालिका-६ मा गंगलबार आयोजित आवसगृह हस्तान्तरण कार्यक्रमको उद्घाटन गदै मुख्यमन्त्री राईले भने, ‘प्रदेश सरकार संस्थाको गैरसरकारी संस्थाको लक्ष्य र उदेश्य विपरीत नाफामुखी सोच बोकेर हिडने त्यस्ता संस्थाविरुद्ध अब कडा रुपमा प्रस्तुत हुनेछ ।’

्उनले गरीब, विपन्न तथा सीमान्तकृत बर्गलाई लक्षित गरेर प्रदेश सरकारले विकास निमार्णको कामलाई समेत तिव्रता दिने जानकारी दिए ।

एक नम्वर प्रदेशमा रहेका गरीब तथा लक्षित बबर्गको जीवन उकास्न रोजगार र आयमुलक कार्यक्रमलाई सरकारले महत्व दिएको पनि मुख्यमन्त्री राईको भनाइ थियो ।

नेपाल डोभलोपमेन्ट सोसाइटी नामक अन्तराष्ट्रिय संस्थाले सो क्षेत्रमा सुकुम्बासी तथा सीमान्तकृत परिवारका लागि निर्माण गरिदिएको ८० वटा घर, एउटा स्वास्थ्यकेन्द्र तथा एउटा विद्यालय समुदायलाई हस्तान्तरण गरिएको थियो ।

गतवर्षको साउनमा आएको लोहन्द्रा खोलाको वाढिले सो गाउँमा रहेको सुकुम्बासीहरुको घर बगाएपछि उक्त संस्थालेको करीब २ करोड २० लाख रुपैयाँको लागतमा दुईकोठे पक्कि घर वनाएर समुदायमा हस्तान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?