६ जेठ, नवलपरासी । नवलपरासीको पाल्ही नन्दन गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा बुधबार एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका अनुसार यु पी ५६ जेड ०४१० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक पाल्ही नन्दन गाउँपालिका ४ निवासीय २५ वर्षीय सिकन्दर कुर्मीको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते उनको उपचारको लागि पृथ्वीचन्द्र अस्पताल लगिएको र डाक्टरले मृत्यु भएको पुष्टि गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4