Comments Add Comment

वनको स्वीकृतिविना रुख काटिएपछि विवाद


६ असार, बुटवल । वन कार्यालयको स्वकृति विना बुटवल उपमहानगरपालिका ११ स्थित फिफा टेक्निकल सेन्टर नजिक सार्वजनिक जग्गामा रुख काटिएपछि विवाद भएको छ ।

जिल्ला खेलकुद विकास समितिको मातहतमा लन टेनिस कोर्ट निर्माणका लागि भन्दै सो स्थानमा रहेका करिव ४० वटा सिसौका रुखहरु विना स्वीकृति जरैबाट काटिएपछि स्थानीयले विरोध जनाएका छन् ।

जिल्ला वन कार्यालय रुपन्देहीले रुख काटिएको विषयमा अनुसन्धान थालेको छ । बुटवल उपमहानगरपालिकाले सो स्थानमा लन टेनिस कोर्टका लागि भन्दै झण्डै ७ कट्ठा जग्गा प्रदान गरेपछि खेलकुद विकास समितिको मातहतमा उपभोक्ता समिति गठन गरी काम गर्ने भन्दै रुख काटिएको हो ।

जिल्ला वन कार्यालयका प्रमुख रुमलाल लामिछानेले यस विषयमा अनुसन्धान गरिरहेको बताए । ‘विना जानकारी रुख काटिएको सूचना आएपछि हामी अनुसन्धान गरिरहेका छौं’ उनले भने ‘कानुन हातमा लिने अधिकार कसैलाई छैन, दोषी पाइएमा वन ऐनअनुसार कारवाही हुन्छ । ‘

जिल्ला खेलकुद विकास समिति रुपन्देहीका अध्यक्ष योग गुरुङले युवा मन्त्रालयबाट ८० लाख वजेट आएकाले नगरपालिकासंग सहकार्य गरेर टेनिस कोर्ट निर्माण थालिएको बताए ।

जिल्ला वन कार्यालयले चासो देखाएपछि बुटवल उपमहानगरपालिकाबाट रुख काट्नका लागि अनुमति पत्र माग गर्दै वन कार्यालयमा निवेदन दिइएको छ । सुकुम्बासीको नाममा अतिक्रमण हुनबाट जोगाइएको उक्त जग्गा स्थानीयसंग छलफलविनै वितरण गरिएको भन्दै स्थानीयले आपत्ती प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment