Comments Add Comment

वर्षा र मिलनबीचको दुरी र मजबुरी

पछिल्लो समय सिनेनगरीमा नायिका वर्षा सिवाकोटी र निर्देशक मिलन चार्म्सबीचको निकटताको चर्चा हुने गरेको छ । मिलनको फिल्म विरविक्रम-२ मा वर्षा अनुवन्ध भएपछि उनीहरुको निकटता बढेको हो । यद्यपि, यसलाई ‘अफेयर’ कै नाम दिन भने सकिँदैन ।

बहिबार चलचित्र ‘पुरानो बुलेट’ को घोषणा कार्यक्रममा यी दुई एक साथ देखिए । भेट्नासाथ उनीहरुले एक-अर्कालाई हग गरेका थिए । त्यसपछि तत्काल क्यामराहरु उनीहरुतर्फ तेर्सिएपछि भने दुवैले असहज महसुस गरे । विशेषगरी वर्षाले ।

वर्षा र मिलन एकै ठाउँमा तर अलिकति दुरी बनाएर बसे । केहीबेर पछि कार्यक्रममा नायक अनुपविक्रम शाहीको प्रवेश भयो । वर्षाले उनलाई आफूहरुको बीचमा बस्न ठाउँ देखाइन् । तर, अनुप त्यहाँ बसेनन् । अनि आइन् चलचित्रकी अर्की नायिका माला लिम्बु । उनलाई पनि वर्षाले बीचमा बस्न आग्रह गरिन् तर उनी पनि बसिनन् ।

अन्ततः कार्यक्रम अवधिभरी वर्षा र मिलन सँगै बस्न मजबुर भए । तर, खुलेर वातचित भने गरेनन् । दुई जना दुईतिर ढल्किएका देखिन्थे । मिडियाले नाम जोडिदिएकाले उनीहरुले असहज महसुस गरेको हुन सक्छ । मिलन सो कार्यक्रममा अतिथिको रुपमा आएका थिए । यो चलचित्र उनका पूर्व असिस्टेन्ट भिषण राईले निर्देशन गर्न लागेका हुन् ।

मिलनले वर्षालाई लिएर बनाउने भनेको चलचित्र ‘वीर विक्रम २’ को काम अघि बढेको छैन । बरु मिलनले अनमोल केसीलाई नायक लिएर अर्को चलचित्र घोषणा गरेका छन् । यसबाट ‘वीर विक्रम २’ पछि धकेलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment