Comments Add Comment

एकल बच्चा हुर्काउँदाको अनुभवः यसरी एक्लो र असमाजिक बन्दैछन् उनीहरु

धेरैले भन्छन्, ‘सिंगल चाइल्ड’ हुर्काउन गाह्रो छ । म पनि ‘सिंगल चाइल्ड’की अभिभावक हुँ । तर, मैले त्यस्तो समस्या झेल्नु परेन, जति अरुले सुनाउने गर्छन् ।

कुनैबेला संयुक्त परिवारमा बसिन्थ्यो । हजुरआमा, हजुरबुबा, काका, काकी, बाबा, ममी सबैजना एकै छानोमुनी हुन्थे । यस्तो परिवारमा बालबच्चा पनि धेरै हुन्थे । उनीहरु आफु-आफैं खेलेर, रमाएर हुर्कन्थे ।

हामी पनि त्यसैगरी हुर्कियौं । अहिलेका आमाबाबाले जसरी केयर गर्छन्, त्यस्तो केयरिङ पाइएन । यद्यपी हामी आफ्नै ढंगले स्वतन्त्रपूर्वक हुर्कियौं । किनभने हामीलाई बारीमा जान, माटो खेल्न, साथीसँग छिल्लिन कुनै रोकटोक थिएन । भनौं, कुनै बन्धन थिएन । हामी खुला थियौं ।

हिलो खेल्थ्यौं । माटो खेल्थ्यौं । साथीसँग मिलेर भाँडकुटी खेल्थ्यौं । यसरी मिलिजुली खेल्दा रमाइलो मात्र हुँदैनथ्यो यसले हामीलाई एकअर्कासँग बाँढीचुँडी खाने, प्रतिस्पर्धा गर्ने, सामाजिक प्रवृत्तिको विकासमा पक्कै सघाएको थियो ।

यो प्रसंग किनपनि जोड्दैछु भने, अहिलेका बच्चाहरु एक्लिएका छन् । संयुक्त परिवार टुक्रिएर एकल परिवार भएका छन् । धेरैजसो बालबच्चा आमाबाबाको रेखदेखमा हुर्किरहेका छन् । उनीहरुसँग प्रेमपूर्वक सुमसुम्याउने हजुरआमा छैनन् । सुनिरहुँ लाग्ने कथा भन्ने हजुरबाबा छैनन् । फटाई गर्दा सर्तक गराउने काका, काकी छैनन् ।

अर्को उदेगलाग्दो के छ भने, अहिले धेरैजसोले ‘सिंगल चाइल्ड’मा चित्त बुझाएका छन् । ‘थोरै सन्तान, ईश्वरको बरदान’ वा ‘थोरै भए पुगिसरी’ भन्ने कुराले पनि यसमा मलजल गरेको छ । परिणामतः थुप्रै दम्पतीले एउटा बच्चा जन्माएपछि त्यसमै चित्त बुझाएका छन् ।

मैलें आमालाई सोधें । उहाँले सरल भाषामा भन्नुभयो, ‘तिमीहरु बच्चासँग बोल्दैनौं । खेल्दैनौं । बच्चालाई बोलाउनुपर्छ । बच्चासँग बोल्नुपर्छ । खेल्नुपर्छ ।’

एक हिसाबले सामाजिक रुपान्तरणको यो पाटो सकारात्मक छ । छोरा भएपनि, छोरी भएपनि एउटै भए पुग्छ भन्ने मान्यता अभिभावकमा विकास भएको छ । छोरा र छोरीमा विभेद छैन । एउटा बच्चा भएपछि उनीहरुको रेखदेख, स्यहार-सुसार, शिक्षा-दिक्षामा सहयोग पुग्छ भन्ने मानसिकता पनि छन् । सही पनि हो ।

सही कुन अर्थमा भने, अभिभावकको सजिलोका लागि । एउटा बच्चा हुर्काउन अभिभावाकलाई सहज हुन्छ । धेरै झन्झट मोल्नुपर्दैन । घरको व्यायभार पनि बढ्दैन । तर, यसको अर्को भयानक पाटो छ । त्यसबारे भने भर्खर मात्र अभिभावकहरुले अनुभव गर्दैछन् ।

‘सिंगल चाइल्ड’ समाधान होइन, समस्याको रुपमा देखिएको छ । बच्चा आफै समस्या होइनन् । तर, उनीहरुले हुर्कने माहौल, प्रवृत्ति अनुकुल छैन ।

एक्लिदैछन् बच्चा

सिंगल चाइल्ड अर्थात एकल बच्चाहरु एक्लिएका छन् । उनीहरुसँग खेल्ने साथी छैनन् । आफ्नै दौतरी छैनन् । दाजुभाई, दिदीबहिनी छैनन् । आमाबुबा काममा व्यस्त छन् । बिहान ९ बजे हतार-हतार घरबाट निस्किएका आमाबाबा राती अबेर थाकेर घर आइपुग्छन् । उनीहरुलाई पनि घर परिवार चलाउनु छ । करियर बनाउनु छ । पैसा कमाउनु छ ।

यस्तो अवस्थामा बच्चालाई उनीहरुले ‘डे केयर’ सेन्टरमा छाडिदिने गर्छन् । आफुले खेलाउन, हुर्काउन नभ्याउने भएकाले अरुकै जिम्मामा छाडिदिन्छन् । बच्चाहरु यसरी आमाबुबाको सामिप्यता गुमाइरहेका छन् । उनीहरुले आमाको ममतामयी स्पर्श गुमाएका छन् । बाबासँग धित् मर्नेगरी खेल्ने मौका गुमाइरहेका छन् । स्कुलमा गएपछि एउटै कोठामा घण्टौ बिताउनु पर्ने हुन्छ ।

यी बच्चाहरु घरमा पनि एक्लो अनुभव गर्छन्, विद्यालयमा पनि ।

घरमा आइपुगेपछि उनीहरुलाई होमवर्कको चटारो हुन्छ । होमवर्क सकाउनुसाथ खाना खाने बेला हुन्छ । खाना खाइसकेपछि कार्टुन हेर्छन् । बाँकी समय मोवाइल वा ल्यापटपमा भुलिन्छन् । आमाबाबाका लागि पनि छोराछोरी भुलाउने माध्याम सजिलो छ । आफ्नो स्मार्टफोन वा ल्यापटप वा ट्याबलेट दिएपछि बच्चाहरु मख्ख परिहाल्छन् । झगडा गर्दैनन् ।

तर, यसको साइड इफेक्ट भनेको बच्चाहरुमा परिवारसँग घुलमिल हुने बानी छुट्छ । बोल्ने, खेल्ने, रमाउने, गफ गर्ने बानी छुट्छ । शारीरिक सक्रियता त घट्छ नै । उनीहरु एकै स्थानमा घण्टौंसम्म मोबाइलमा भुलिन्छन् ।

दाजुभाई-दिदीबहिनी नभएपछि

यदि उनको आफ्नै उमेर हाराहारीको दाजु, दिदी, भाई वा बहिनी हुँदो हो त उनीहरु आफ्नै दाजुभाई, दिदीबहिनीसँग खेल्थे । रमाउथे । झगडा गर्थे । तर, एकल बच्चाहरुको साथी हुँदैनन् । उनीहरु नितान्त एक्लो जीवन विताउन बाध्य हुन्छन् । र, बिस्तारै उनीहरु एक्लै बस्न अभ्यस्त हुन्छन् । एकान्तमा चुपचाप बस्न थाल्छन् । अरु साथीभाई, दौतरीसँग घुलमिल हुन गाह्रो हुन्छ । यसले उनीहरुलाई पर्ने सबैभन्दा ठूलो समस्या भनेको, उनीहरु समाजबाट अलग हुँदै जान्छन् । सामाजिक भावनाको विकास हुनै पाउँदैन ।

यदि आफ्ना भाईवहिनीसँग खेल्दै हुर्किन पाएको भए, उनीहरु मिलेर खेल्थे । यसले मिलिजुली बस्ने बानीको विकास हुन्थ्यो । खानेकुरा बाँडीचुँडी खान्थे । एउटालाई परेको समस्यामा अर्कोले हल खोज्थे । कतिपय काममा उनीहरुबीच घम्साघम्सी पनि पथ्र्यों । यसले उनीहरुमा प्रतिस्पर्धाको भावना विकास हुन्थ्यो ।

सन्ध्या रिजाल

यसरी एक्लो र असामाजिक बन्छन्

खानेकुरा मिठो तर थोरै छ भने त्यसमा आफ्नो बढी भाग खोज्नका लागि अनेक कसरत गर्थे । यसरी उनीहरुमा ख्यालख्यालमै सामाजिक व्यवहारको विकास हुन्थ्यो । सामाजिक भावनाको विकास हुन्थ्यो ।

तर, एकल बच्चामा यी सबै कुराहरु विकास हुन पाउँदैन । कतिसम्म भने, उनीहरुलाई अरुले नख्वाएसम्म आफै केही खाँदैनन् । लुगा अरुले लगाइदिनुपर्ने, खेल्नेकुरा अरुलै मिलाइदिनुपर्ने । सबैथोक बाबाममीले गरिदिन्छन् नि भन्ने भावना उनीहरुमा हुन्छ । एक किसिमले उनीहरु परनिर्भर हुन्छन् ।

आवश्यक्ताभन्दा बढी केयरिङ पाउँदा पनि उनीहरु आफै सवल एवं सक्षम हुन पाउँदैनन् । आफ्नो काम आफै गर्ने बानीको विकास हुँदैन ।

बच्चा आफै खान सक्दैनन् । साथीहरुसँग घुलमिल हुन रुचाउँदैन् । अरुसँग बोल्न जाँगर देखाउँदैनन् । साथीहरुको हुलमा वा भिडमा हतास हुन्छन् ।

के यसो हुनुमा बच्चा दोषी छन् ?

अहिलेका बच्चाहरु एक्लिएका छन् । उनीहरुसँग प्रेमपूर्वक सुमसुम्याउने हजुरआमा छैनन् । सुनिरहुा लाग्ने कथा भन्ने हजुरबाबा छैनन्

पक्कै छैनन् । एकल सन्तानको अवधारणा नै बच्चामैत्री छैन । किनभने जब एक्लो बच्चा हुर्काउन थाल्छौं, उनीहरु एक्लो हुँदै जान्छन् । अर्को चाहि, बच्चा जब एक्लो हुन्छ, जब उनीसँग खेल्ने अरु साथी हुँदैनन् । अभिभावकले आफु बच्चा जस्तै बन्नुपर्छ । बच्चाको साथी बन्नुपर्छ ।

बच्चाको साथी बन्नुहोस्

मैले सुरुमा भनेकी थिएँ, मेरो पनि सिंगल चाइल्ड नै हो । तर, मैले छोरीको स्यहारमा त्यस्तो गल्ती गरिन्, जो धेरै दम्पतीले गर्छन् । संभव त मैलें पनि त्यस्तो गल्ती गर्नै थिएँ होला । एकपटक त्यस्तै व्यवहारिक कारणले छोरीलाई माइतमा लगेर राखें । उनी सानै थिईं । १५ दिनपछि माइतमा लिन जाँदा उनको स्वभाव, प्रवृत्ति सबै फेरिएको थियो । त्यसअघि उनमा पनि एक्लोपनको समस्या थियो । मामाघरमा बसेपछि सबै छुःमन्तर भयो ।

कसरी ?

मैलें आमालाई सोधें । उहाँले सरल भाषामा भन्नुभयो, ‘तिमीहरु बच्चासँग बोल्दैनौं । खेल्दैनौं । बच्चालाई बोलाउनुपर्छ । बच्चासँग बोल्नुपर्छ । खेल्नुपर्छ ।’

वास्तवमा यो निकै मर्मस्पर्शी कुरा थियो । गहन पनि । हामी बच्चासँग बोल्ने, खेल्ने नै नगर्ने रहेछौं । बच्चासँग हामीले साथीको व्यवहार गर्नुपर्छ । उनीहरुसँग खेल्ने, जिस्कने, रमाउने गर्नुपर्छ । जब उसलाई माइतबाट घर ल्याए, मैलें केही कुरामा विशेष ध्यान दिए ।

जस्तो कि, कुनै खानेकुरा ख्वाउनु छ भने उनीसँग बाँडीचुँडी खाने । उनलाई नयाँ लुगा किनिदिएपछि ‘म पनि तिम्रो लुगा लगाउँछु’ भन्ने । खेल्ने कुरा किनियो भने, त्यो खेल्ने कुरामा आफ्नो पनि भाग खोज्ने । यसरी बच्चासँग अन्र्तक्रियात्मक व्यवहार गरेपछि उनीहरुले साथी पाउँछन् । अभिभावक भन्दा बढी उनीहरुले साथीबाट धेरै कुरा सिक्छन् । त्यसैले अभिभावक नै बच्चाको साथी बन्नुपर्ने रहेछ । मैलें त्यसै गरें । त्यही कारण सिंगल चाइल्ड भएर पनि मेरी छोरीमा एक्लोपन वा असामाजिक प्रवृत्तिको विकास हुन पाएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment