Comments Add Comment

निककी पूर्वप्रेमिकाले चित्त दुखाउँदै भनिन्ः प्रियंकासँग लड्न सक्दिनँ

बलिउड अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकी गायक निक जोन्ससँग अफेयरमा रमाइरहेकी छन् । यी दुईको प्रेमबारे निककी पूर्व प्रेमिका डेल्टालाई भने चोट पुगेको छ ।

निक र डेल्टाबीच सन् २०११ देखि प्रेम थियो । तर, प्रियंका आफ्नो जीवनमा आएदेखि निकले डेल्टालाई पन्छाउन थालेका थिए । यसबाट डेल्टा अहिले निकै विक्षिप्त अवस्थामा पुगेकी छन् । उनी प्रियंका जस्ति पहुँचवाली नायिकासँग आफूले प्रतिस्पर्धा गर्न नसक्ने बताउँछिन् ।

‘म प्रियंकासँग लड्न सक्दिनँ किनकी उनीसँग पि्रन्स ह्यारीकी पत्नी मेगन मर्कल जस्ता साथीहरु छन्,’ एक अन्तरवार्तामा उनले भनिन् । आफूले बारम्बार फोन गर्दा पनि निकले रिसिभ नगरेको पनि उनले गुनासो गरिन् ।

‘सायद उनी (प्रियंका) मभन्दा राम्री छिन्, त्यसैले निकले मलाई धोका दिए,’ डेल्टाले भनिन् ।

यता प्रियंकासँग निकको अफेयर भने दिन प्रतिदिन गहिरो बन्दै गइरहेको छ । पछिल्लो समय निकका परिवारसँग पनि प्रियंका नजिकिन खोजिरहेकी छन् । निकका बाबुलाई हालै उनले इन्स्टाग्राममा फलो गरिन् । निकका भाई प्रियंकाको बयान गरेर थाक्दैनन् ।

स्मरणीय के छ भने प्रियंकाभन्दा निक १० वर्ष कान्छा छन् । साथै होचा पनि छन् । आफूभन्दा कान्छो र होचो व्यक्तिसँग प्रेम गरिरहेको भनेर प्रियंकाको निकै ट्रोल पनि भइरहेको छ । यद्यपि, उनी निक आफ्नो साथी मात्रै भएको बताउन छोडेकी छैनन् ।

प्रियंकाकी आमा मधु भने निकलाई आफ्नो छोरी सुम्पने पक्षमा छैनन् । उनले कुनै पनि विदेशीलाई ज्वाईं नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् । हेरौं यी दुईको प्रेमले कुन मोड लिने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment