+
+
Shares

आफैंलाई गोली हान्न लगाउने श्रीनिवास ५ हजार तिरेर छुटे

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ९ गते २:३६
फाइल फोटो

८ असार, काठमाडौं । आफैंलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।

उनी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन् ।

आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, त्यसविरुद्ध मुलुकी ऐनको अदालती बन्दोवस्तको महलको १७ नम्बर अनुसार श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । र, जिल्ला अदालतको आदेशमा उनलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।

गत २५ चैतमा शौच गर्न निस्किएका बेला उनीमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । लगत्तै, प्रहरी अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा उनी अाफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरी मुद्दा चलाइएको थियो।

यो पनि पढ्नुस् 

आचार्य श्रीनिवास पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?