Comments Add Comment

स्थानीय तहमा कर्मचारी अभाव हुन दिन्नः मन्त्री पण्डित

जितपुरसिमरा उपमहानगरको बजेट एक अर्ब बढी

१० असार, सिमरा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी अभाव खेपिरहेका स्थानीय तहमा कर्मचारी अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकाको दोस्रो नगर सभाको आइतबार उद्घाटन गर्दै मन्त्री पण्डितले स्थानीय तहका लागि दश हजार कर्मचारी पठाउने तयारी भइरहेको बताए ।

जनताले प्राप्त गर्ने सेवामा कुनै अवरोध नहुने गरी कर्मचारी परिचालन गर्ने बताउँदै राज्यलाई ढाटेर र छलेर बसेका कर्मचारीले अब उन्मुक्ति नपाउने मन्त्री पण्डितले चेतावनी समेत दिए ।

मुलुकमा राजनीतिक संक्रमण सकिएपनि अहिले राज्यले कर्मचारी संक्रमण भोगिरहनुपरेको उनको भनाइ छ । देशमा संघीय राजनीतिको अभ्यास सुरु भइरहेपनि कर्मचारीमा भने अझैपनि आफुमा परिवर्तन गर्न नसकेको बताए ।

राज्यले दिएको जिम्मेवारी पूरा नगर्ने र राज्यले तोकेको स्थानमा पुगेर सेवा गर्न नसक्ने कर्मचारी राष्ट्रसेवक हुन नसक्ने भन्दै मन्त्री पण्डितले समृद्धिको अभियानमा गम्भीरतापूर्वक काम गर्न निर्देशन दिए ।

संघीय संरचनापछि बनेको तीन तहको सरकारबाट जनताको चाहना धेरै रहेको भन्दै मन्त्री पण्डितले जनताका लागि काम गर्न जनप्रतिनिधिलाई आग्रह गरे ।

स्थानीय स्रोत र साधनलाई बढी प्रयोग गर्दै बिकासका कामलाई गति दिन सके सफलता हासिल गर्न सक्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रदेश २ का सदस्य सुन्दर बिश्वकर्मा, सीता गुरुङ, शोभा लामालगायतले सम्बोधन गरेका थिए ।

सभामा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

मेयर डा. पौडेलले शिक्षा, स्वास्थ्य, कृषी, सडक, पर्यटन, युवा तथा खेलकुद, पर्यावरण संरक्षण, आवास तथा सहरीकरण, जग्गा ब्यवस्थापन, औद्योगिक क्षेत्र ब्यवस्थापन, स्वरोजगारलगायत विभिन्न क्षेत्रमा उपमहानगरले योजनाबद्ध ढंगले काम गर्ने बताए ।

‘पहिलो आर्थिक बर्षको अनुभवले हामीलाई अगाडी बढ्न सहज बनाएका छ, नीति तथा कार्यक्रमलाई पनि सबै क्षेत्रलाई सम्बोधन हुने गरी र जनताको चाहना पुरा गर्ने गरी ल्याएका छौ,’ मेयर डा. पौडेलले भने ।

उपमहानगरले यस आर्थिक वर्ष ०७५/७६ का लागि चालु खर्चतर्फ १६ करोड १९ लाख र पूँजीगततर्फ ९० करोड ९६ लाख गरी एक अर्व ७ करोड १५ लाख एक हजार आठ सय २० रुपैयाँ विनियोजन गरेको छ ।

उपमहानगरकी उपमेयर सरस्वती चौधरीले सभामा बजेट प्रस्तुत गरेकी थिइन् । उपमहानगरको अघिल्लो आर्थिक वर्षको बजेट ८४ करोड ५० हजार रहेको थियो ।

नगरसभाले उपमहानगरको आर्थिक ऐन, बिनियोजन ऐन र नगर सभा संंचालन ऐन पारीत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment