+
+
Shares

नारायणगढ–मुग्लिन सडक खण्डका ४ स्थानमा पहिरो, आवागमन अबरुद्ध

प्रहरीको सुझाव–वैकल्पिक मार्ग प्रयोग गर्नुस्

सुवास पण्डित सुवास पण्डित
२०७५ असार ११ गते ८:००
पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक । फाइल तस्वीर

११ असार, चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको विभिन्न ४ स्थानमा पहिरो खस्दा सोमबार बिहानैदेखि सवारी आवागमन अबरुद्ध बनेको छ ।

सडकखण्डको जलवीरे, कालिखोला, चारकिलो र ३ नम्बर पुललगायतका स्थानमा पहिरो खस्दा सडक अबरुद्ध बनेको हो ।

प्रहरीले पूरै पहिरो पन्छाउन अझैं केही घण्टा लाग्ने जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार, पहिरो पन्छाउन आयोजनाका डोजरमार्फत काम भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख वेदप्रसाद गौतमले अबरुद्ध सडक खुलाउन काम भइरहे पनि वर्षा जारी रहेकाले असुविधा भएको बताए । उनले सडक नखुलेसम्म प्रवेश नगर्न र सम्भव भए वैकल्पिक मार्ग प्रयोग गर्न सवारीसाधानहरुलाई अनुरोध समेत गरे ।

वर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि काम भइरहेको आयोजनाले बताए पनि प्रभावकारी हुन सकेको छैन ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?