+
+
Shares

विपिन र नम्रताको ‘प्रसाद’को छायांकन सुरु, निश्चलको भूमिका के ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ११ गते १२:४५


आज बिहान भक्तपुरको काँडाघारीमा रहेको गान्धी महिला आश्रममा शुभसाइत गर्दै चलचित्र ‘प्रसाद’को छायांकन सुरु गरिएको छ । दिनेश राउतले निर्देशन गर्न लागेको यो चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ ।

शुभसाइत समारोहमा चलचित्रका मुख्य ३ कलाकारले संवाद बोलेर मुहुर्त सट दिएका थिए । चलचित्रमा विपिन र नम्रतालाई श्रीमान्-श्रीमतिको भूमिकामा देखाउने तयारी निर्देशक राउतले गरेका छन् । निश्चलको भूमिका बारे केही पनि बोलिएको छैन ।

निःसन्तान दम्पत्ती र उनीहरुको पीडाको कथालाई चलचित्रले उठान गर्नेछ । सुवास थापको निर्माणमा तयार हुन लागेको यो चलचित्रको कथा रंग पत्रकार सुशिल पौडेलले लेखेका हुन् ।

चलचित्रको मुहुर्त समारोहमा कलाकार बसुन्धरा भुषाल, निर्देशक राउत, नायिका नम्रता लगायतले पूजा गरेका थिए । चलचित्रमा राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल र कोशिष क्षेत्रीको सगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?