+
+
Shares

साइबर अपराध र लागूऔषधविरुद्ध इप्रका अनारमनीको अभियान

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ११ गते १५:२३

११ असार, काठमाडौं । इलाका प्रहरी कार्यालय, अनारमनी, झापाले साइबर अपराध सम्बन्धी विद्यार्थीलाई जनचेतना दिन थालेको छ ।

कार्यालयको कार्यक्षेत्रभित्र पर्ने विद्यालयहरुमा सचेतना कार्यक्रम भइरहेको हो ।

आइतबार कन्काई नगरपालिकास्थित सुरुङ्गा जेसिजको सभाहलमा चम्पा फ्लावर्स स्कुलमा कक्षा ८, ९ र १० मा पढ्ने २ सय विद्यार्थीलाई सचेतना प्रदान गरिएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण कोइरालाले कार्यक्रममा सामाजिक सञ्जालमार्फत ठगी, ब्ल्याकमेल, फेक आईडी, सामाजिक सञ्जालको प्रभाव, फाइदा/बेफाइदा र प्रहरी समक्ष आउने समस्याहरुको बारेमा जानकारी गराएका थिए ।

सोही दिन कन्काई नगरपालिकाकै आदर्श मावि, घैलाडुब्बाका कक्षा ९ र १० का विद्यार्थीहरुलाई लक्षित गरेर साइबर सचेतना र लागूऔषध दुव्र्यसनीविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?