Comments Add Comment

श्रीमतीसँग झगडा गरेर हिँडेका ब्याण्ड मास्टर मृत भेटिए

११ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक जना पुरुषको शव फेला परेको छ ।

नेपाल टेलिकमको मूल गेटदेखि पछाडि इनर बाइपास जाने बाटोको गल्लीमा सोमबार विहान गहवा निवासी भिखारी रामको शव फेला परेको प्रहरीले जानकारी दिएका थिए । उनी पशुपति व्याण्डमा मास्टरका रुपमा कार्यरत थिए ।

परिवारका अनुसार मादक पदार्थ सेवन गरेका उनी राति ११ बजे घरबाट निस्केका थिए । प्रहरी नायब उपरीक्षक मानबहादुर राईले शव फेला परेको घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

‘पशुपति ब्याण्डका मास्टर भिखारी रामको शव फेला परेको छ , मादक पदार्थ सेवन गरेका उनी राति श्रीमतिसँग झगडा गरेर घर बाहिर निस्किएको भन्ने खुल्न आएको छ’ उनले भने ‘शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि कर्तव्य हो वा अन्य कारणले मृत्यु भएको हो ? तथ्य बाहिर आउँछ ।’

घटनास्थल नजिकै स्थानीय एक जना व्यक्तिको घरमा सिसिटिभी क्यामेरा जडान रहेको भए पनि घरधनी बाहिर रहेकोले हेर्न नपाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment