+
+
Shares

लागू औषधविरुद्ध चेतना जगाउन वीरगञ्जमा प्रभातफेरी

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १२ गते १०:०४


१२ असार, वीरगञ्ज । लागू औषधविरुद्ध सचेतना जगाउने उद्देश्यले वीरगञ्जमा प्रभातफेरी निकालिएको छ । ‘सुनौं पहिला’ भन्ने नाराका साथ वीरगञ्जमा प्रभातफेरी निकालिएको हो ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको र्याली आदर्शनगर, घडिअर्वा पोखरी हुँदै पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।

कोण सभामा जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत प्रहरी नायब उपरीक्षक मानबहादुर राईले लागू औषध सेवन गर्न नहुने बताए । ‘लागू औषधले सेवन गर्ने व्यक्तिलाई मात्रै होइन, परिवार र समाजलाई समेत बर्वाद पार्छ’, उनले भने ।

लागू औषधविरुद्ध चेतना जगाउन जिल्लामा क्रियाशील विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा एक सातासम्म विभिन्न कार्यक्रम गरिने सानो पाइलाका कार्यक्रम व्यवस्थापक अजित पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?