१२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सातवटा प्रदेश समितिको प्रमुखहरु मंगलबार चयन गरेको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश १ मा राम थापा, प्रदेश २ मा चन्देश्वर यादव, प्रदेश ३ मा विक्रम ब.थापा र प्रदेश ४ मा हेमजङ्ग गुरुङलाई प्रदेश समिति प्रमुखको जिम्मेवारी दिएको हो ।
उक्त बैठकले प्रदेश ५ मा डा.धवलशमशेर राणा, कर्णालीमा धनबहादुर बुढा र प्रदेश ७ मा श्याम ब.शाहीलाई प्रदेश समिति प्रमुखको जिम्मेवारी दिएको राप्रपाले विज्ञप्ति मार्फत जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4