Comments Add Comment

विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निर्णय

१३ असार, विराटनगर । प्रदेश १ को सरकारले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माणका लागि काम अगाडि बढाउन संघीय सरकारलाई आग्रह गरेको छ ।

प्रदेश १ को मन्त्रिपरिषदको बैठकले विराटनगर विमानस्थललाई ३ हजार मिटरको धावन मार्गसहितको अन्तर्राष्ट्रियस्तरको विमानस्थलको रुपमा विकास गर्न संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार बसेको मन्त्रिपरिषदको निर्णय बारेमा जानकारी दिदै आन्तिरिक मामिला तथा कानूनमन्त्री हिकमत कार्कीले भन्ो, ‘प्रदेश सरकारले विषेश महत्वपूर्ण योजनाको रुपमा अघि सारेको विराटनगर विमानस्थलको स्तरोन्नती गरी अन्तर्राष्ट्रियस्तरको रुपमा बिकास गर्ने काम अबिल्ाम्ब बढाउन संघीय सरकारलाई अनुरोध गरेको छ ।’

उनले विभागीय मन्त्रलायहरुले तयार पारेको तीनवटा विधेयक संसदमा लाने गरी स्वीकृति प्रदान गरेको पनि जानकारी दिए ।

जसमा आन्तरिक मामिला तथा योजना मन्त्रालयले तयार पारेको प्रदेश कर तथा गैरकर राजस्व सम्बन्धी विधेयक २०७५, प्रदेश वित्तिय व्यवस्था सम्बन्धी विधेयक २०७५लाई संसदमा लान स्वीकृति प्रदान गरेको हो ।

त्यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले तयार पारेको प्रदेश सुशान प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ लाई पनि संसदमा लाने गरी स्वीकृती प्रदान गरेको छ ।

मन्त्री कार्कीले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई दुईवटा विधेयक बनाउन मन्त्रिपरिषदको बैठकले सैद्धान्तिक स्वीकृती प्रदान गरेको बताए ।

उनले विपत् व्यवस्थापन गर्न बनेको सम्बन्धी ०७५ र प्रदेश सभा सञ्चालन सम्वन्धमा बनेको विधेयक निर्माणका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री शेरधन राईको प्रेश सल्लाहारका रुपमा भोजपुरका धु्रव सुवेदीलाईे नियुक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment