+
+

लण्डनमा रोमान्टिक बने धिरज र साम्राज्ञी

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १४ गते २१:१३


नव–नायक धिरज मगर र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले मुख्य भूमिका निर्वाहा गरेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को टिजर आज रिलिज भएको छ । काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी दुइको रोमान्टिक अवतार समावेश गरिएको टिजर रिलिज गरिएको हो । टिजर रिलिजसँगै चलचित्रको प्रदर्शन मिति असोज ५ गतेलाई तोकिएको छ ।

कोरियोग्राफीमा सफल मानिएकी रेनशा वान्तवा राइले निर्देशन गरेको यो चलचित्रले इन्टु र मिन्टुको प्रेमकथालाई बोल्छ । शैलेन्द्रध्वज कार्कीको छायांकनमा चलचित्रका दृश्य शित्तल लाग्छन् । लण्डनका दृश्यलाई कार्कीले क्यामेराका आकर्षक तरिकाले कैद गरेका छन् । चलचित्रको दृश्य मनमोहक छ भने यसको टिजर मेकिङ पनि लोभलाग्दो छ ।

उत्कृष्ट क्यानभासमा सजिएको यो टिजरले चलचित्रप्रतिको उत्सुकता बढाइदिएको छ । चलचित्रमा प्रभु शमशेर जवरा र प्रज्ज्वल शमशेर जवराको लगानी छ । चलचित्रमा विक्रम लामा र एन्जिला खत्रीको कोरियोग्राफी, रेनशा र प्रज्ज्वलको कथा, अभिमन्यू दिक्षित र रेनशाको पटकथा, आभाष कर्मचार्य र रेनशाको संवाद छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?