Comments Add Comment

ईपीजीको नवौं संयुक्त बैठक काठमाडौंमा सुरु

१५ असार, काठमाडौं । नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को नवौं संयुक्त बैठक काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंमा शुक्रबार सुरु भएको ईपीजीको बैठकमा नेपालको तर्फबाट डाक्टर भेषबहादुर थापा, निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डाक्टर राजन भट्टराई तथा भारतबाट भगतसिंह कोस्यारी, महेन्द्र पी लामा, जयन्तप्रसाद र डाक्टर बिसी उप्रेती छन् ।

सन् १९५० को सन्धिका असमान विषयमा समझदारी जुटाउँदै पुनरावलोकन गर्न यो बैठक निर्णायक मानिएको छ ।

यसअघि जेठ १८ देखि २० सम्म काठमाडौंमा बैठक बस्ने तय भएपनि नेपालले भारतकै आग्रहमा मिति सारेर ईपीजीलाई दिइएको समयसीमाको अन्त्यतिर बैठक राखेको हो ।

१९५० को सन्धिका विषयमा नेपालले पेस गरेको सन्धि र सम्झौतामा उल्लेखित दुबै देशका नागरिकले पाउने राष्ट्रिय व्यवहारका विषयमा सहमति जुट्ने बताइएको छ ।

भारतले आफ्नो सुरक्षाबाहेक अन्य विषयमा नेपालले लिने निर्णय स्वीकार्ने बताइसकेको भए पनि त्यसमा लिखित सहमति भने जनाएको छैन ।

नेपालले पनि भारतको संवेदनशीलतालाई ध्यानमा राखेर शान्ति र मैत्री सन्धिका दफा २, ५, ६ र ७ का विषयमा नेपाललाई समस्या नहुने गरी बीचको बाटो उपयोग गरेको भए पनि अझै टुंगिन सकेको छैन ।

नेपालले राखेका विषयमा भारतले ठूलो आपत्ति नजनाएकालेे ईपीजी बैठकले संयुक्त प्रतिवेदन जारी गर्दै आ-आफ्नो मुलुकलाई बुझाउने आशा नेपाली पक्षले राखेका छन् ।

ईपीजीको पहिलो बैठक ०७३ असार २० र २१ गते काठमाडौंमा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment