Comments Add Comment

एक किलो सुनसहित वीरगञ्जबाट एक जना पक्राउ

मोटरसाइकलको सिटमुनी भेटियो सुन

१५ असार, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट एक किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । सर्लाही हरिपुर नगरपालिका-९ बस्ने सन्तोषकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।

एक किलो अवैध सुन बोकेर भारततर्फ जाँदै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका शंकाराचार्य गेट अगाडिबाट साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । ‘एक किलो अबैध सुनसहित एक जनालाई पक्राउ गरेका छौं,’ उनले भने, ‘उनी बारे थप अनुसन्धान भइरहेको छ ।’

पूर्व सूचनाका आधारमा इनर्वा प्रहरी चौकीका इन्चार्ज त्रिभुवन साह नेतृत्वको टोलीले सुन बरामद गरेको प्रहरीले जनाएको छ ।

खान तलासी गर्दा साह चढेको ना४८प ३७७४ नम्बरको मोटरसाइकलको सिटमुनी रहेको एयर फिल्टरमा लुकाइएको अवस्थामा सुन फेला परेको थियो ।

६ टुक्रा सुनलाई कालो टेपले बेरेर त्यसपछि कागजमा राखेर फेरि सेतो टेपले बेरेर राखिएको अवस्थामा फेला परेको थियो ।

दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी जिल्ला प्रहरी कार्यालय पर्साले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment