+
+

अनुशासनहीनता बढेको भन्दै राष्ट्रपति भण्डारीद्वारा सरकारको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०७५ असार १५ गते १५:१०

१५ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा आर्थिक अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आर्थिक अनुशासनहीनतालाई अन्त्य गर्न सरकार र संघीय संसदको पनि गम्भीर ध्यानाकर्षण गराइन् ।

शुक्रबार काठमाडौंमा आयोजित महालेखा परीक्षकको कार्यालयको हीरक जयन्ती समारोहमा बोल्दै उनले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा औंल्याइएको टिप्पणी सम्बोधन गर्न सरकार र संघीय संसदले ढिलाइ गर्न नहुनेमा जोड दिइन ।

उनले आर्थिक अनुशासनमा हुने ह्रासले मुलुकलाई समृद्ध बनाउने अभियानमा ह्रास ल्याउने कुरालाई ध्यानमा राखेर त्यसलाई सम्बोधन गर्न सरकार गम्भीर हुने विश्वास पनि व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले जनताको चाहना अनुसार लेखा परीक्षणको कार्यलाई अझै प्रभावकारी र परिणाममुखि बनाउन महालेखा परीक्षकको कार्यालय सबल र सक्षम हुँदै जाने विश्वाससमेत व्यक्त गरेकीछन् ।

राष्ट्रपति भण्डारीले सार्वजनिक आर्थिक क्रियाकलापलाई पारदर्शी र जवाफदेही बनाउन महालेखा परीक्षकको कार्यालयको महत्वपूर्ण भूमिका हुने पनि स्मरण गराइन् ।

कार्यक्रममा राष्ट्रपति भण्डारीले उत्कृष्ट कार्यसम्पादन गरेका महालेखा परीक्षकको कार्यालयका कर्मचारीहरुलाई सम्मान गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?