+
+

सकियो केएमसी जब मेला, ४ सय विद्यार्थी सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १३:३२

काठमाडौं । काठमाडौ मोडेल कलेज बागबजारमा जब मेला सम्पन्न भएको छ ।

४० कम्पनीको सहभागिता रहेको सो मेलामा विभिन्न कलेजका स्नातक तथा स्नातकोत्तर तहका ४ सय विद्यार्थीको सहभागिता थियो ।

शैक्षिक क्षेत्र र इन्डस्ट्रीबीचको अन्तर विषयक प्यानल डिस्कसनमा बैंकिङ क्षेत्रबाट सांग्रिला विकास बैंकका जनसम्पर्क अधिकृत लेखनाथ पौडेलले कलेजले विद्यार्थीलाई विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित नरहेर विश्वबजारलाई आवश्यक पर्ने प्रविधिमा जोडदिनुपर्ने बताए ।

जब मार्केटमा जाँदा इमान्दार हुनुपर्ने र प्रष्टसँग आफ्नो विचार राख्नुपर्ने कुरालाई उनले जोड दिए ।

अन्तराष्ट्रिय क्षेत्रबाट जनरल म्यानेजर अफ ट्यालेन्ट एक्युजिसन, फोर्थ भ्याली कनप्लर्ट कर्पोरेसन जापानकी डिहो सासाले सक्षम जनशक्ति उत्पादन गर्न पहिला लगानी गर्नुपर्नेमा जोड दिइन् । उनले जापान अथवा कुनै पनि विश्वबजारमा जान चाहने व्यक्तिले सम्बन्धित विषयमा न्यूनतम ज्ञान हुनैपर्ने बताइन् ।

अर्का प्यानलिस्ट काठमाडौं मोडेल कलेजका कलेज प्रमुख सुरेन्द्र सुवेदीले विश्वबजारको आवश्यकतालाई महसुस गरी त्यही अनुरूपको ज्ञान र सीप दिन निरन्तर लागि परेको बताए ।

उनले विश्वविद्यालयको पाठ्यक्रममा मात्र सीमित नरही प्रविधिमैत्री वातावरणमा समयानुकूल शिक्षा प्रदान गर्न र अहिलेको बजारमा आवश्यक विद्यार्थी उत्पादन गर्न सबै कलेजहरू लाग्नु पर्नेमा जोड दिए ।

केएमसी अल्मनाइ रिच आउट क्लब प्रमुख निसाका राई सहजकर्ता रहेको सो कार्यक्रमको अध्यक्षताको तर्फबाट बोल्दै कलेज व्यावस्थापन समिति अध्यक्ष एवम् मध्यश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति उपेन्द्र कोइरालाले अन्तरवार्तामा सहभागी हुँदा हुनुपर्ने अनुशासन सम्बन्धमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीले आफ्नो रूचीअनुसारको कम्पनीका सम्बन्धित व्यक्तिसँग छलफल गरी रोजगारीका अवसरका बारेमा जानकारी लिई अन्तरवार्तामा सहभागी भएका थिए ।

विभिन्न कम्पनीका अन्तरवार्तामा सहभागी भएका आवेदकमध्ये करिब १९० जना छनोट भएका थिए ।

काठमाडौं मोडेल कलेज नेटवकर्अन्तर्गतका कलेज र अन्य कलेजका स्नातक तथा स्नातोकोत्तर पढ्दै गरेका र पढाइ सकेका विद्यार्थीहरूले जब फेयरमा सहभागिता जनाएका थिए ।

मेलामा सहभागी कम्पनीहरूले कलेजले आयोजना गरेका यस्ता कार्यक्रमले बजार बुझ्न र बजारमा रहेको मानव संशाधनका विषयमा निकै महत्वपूर्ण रहेको बताए । शैक्षिक क्षेत्र र श्रम बजारको ग्याप व्यवस्थापनमा यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा जोड दिए ।

जब फेयर कार्यक्रममा बैंक, होटल, कलेज, इन्सुरेन्स, इन्जिनियरिङ, सेवा तथा उत्पादनमूलक विभिन्न कम्पनीहरू सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?