+
+
Shares

जेनजी प्रदर्शन : केएमसीमा ७ जनाको आईसीयूमा उपचार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते ८:३९

२४ भदौ, काठमाडौं । नयाँ पुस्ताका युवा (जेनजी) आन्दोलनका क्रममा घाइते भएका सात जनाको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सोमबार भर्ना भएका उनीहरुलाई आईसीयूमा राखरे उपचार गरिरहेको अस्पतालले जनाएको छ । कलेजमा २४ जनाको उपचार भइरहेको छ । ‘उपचार भइरहेका मध्ये ७ जना आईसीयूमा छन् । उनीहरुको अवस्था जटिल छ’, अस्पताल व्यवस्थापन प्रमुख नारायण प्रसाद दाहालले भने ।

सोमबारको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको छ । ४०० बढी घाइतेको उपचार भइरहेको छ ।

ट्रमा सेन्टरमा उपचार गराइरहेकामध्य ११ जनाजनाको अवस्था गम्भीर छ । जसमध्ये ५ जनाको आईसीयूमा उपचार भइरहेको छ । यहाँ ३० जनाको आजै शल्यक्रिया गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?