Comments Add Comment

मेस्सी र रोनाल्डो विश्वकपबाट बाहिरिए

काठमाडौं । इडिनसन काभानीको दुई गोलको मदतमा पोर्चुगललाई हराउँदै उरुग्वे विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

शनिबार राति भएको खेलमा उरुग्वेले पोर्चुगललाई २–१ गोल अन्तरले हराएको हो । यससँगै लिओनल मेस्सीले विश्वकप गुमाएको केही घन्टापछि अर्का स्टार क्रिष्टियानो रोनाल्डो पनि बाहिरिएका छन् ।

नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना फ्रान्ससँग ४–३ गोल अन्तरले पराजित भएको थियो ।

काभानी चम्किए

खेलमा उरुग्वेले सातौं मिनेटमा नै काभानीको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा दुबै टोलीबाट थप गोल हुन सकेन ।

दोस्रो हाफमा पोर्चुगलले गोल फर्कायो । उसका लागि पेपेले गोल गरे । तर, त्यसको ७ मिनेटपछि अर्थात ६२ औं मिनेटमा काभानीले दोस्रो गोल गरे ।

विश्वकपमा उरुग्वेको सुरुवात केही सुस्त देखिएको थियो । यद्यपि उसले इजिप्टलाई १–० ले हरायो । एकपछि अर्को खेलमा सुधार गरेको

उरुग्वेको डिफेन्स लाइन मजबुत त छँदैछ, फवार्ड लाइनमा लुइस स्वरेज र काभानीको राम्रो तालमेल देखिन्छ ।

मेस्सी र रोनाल्डो एकै दिन आउट

संयोग नै मान्नुपर्छ, एक दशकदेखि विश्वको उत्कृष्ट फुटबलरको होडमा प्रतिस्पर्धी रहेका मेस्सी र रोनाल्डो दुबै एकैदिन विश्वकपबाट बाहिरिए । सुरुमा मेस्सीको टिम बाहिरियो ।

त्यसको केही घन्टा नवित्दै रोनाल्डो पनि विश्वकपबाट बाहिरिएका छन् । चार वर्षपछि सन् २०२२ मा विश्वकप हुँदै गर्दा मेस्स ३५ वर्षको हुनेछन् भने रोनाल्डो ३७ वर्षका भइसक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment