Comments Add Comment

सुनमा मिसावट गरेको अभियोगमा ११ सुन व्यवसायी पक्राउ


१७ असार, काठमाडौं । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुगमनका क्रममा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरु पक्राउ परेको  प्रहरी भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय, बर्दियाले ११ सुन व्यवसायी पक्राउ परेको पुष्टि गर्यो । तर कुन-कुन व्यवसायी पक्राउ परेका हुन् भन्नेबारे केही खुलाइएकाे छैन ।

पक्राउ परेका व्यवसायीलाई हिरासतमा राखिएकाे छ । मिसावटबारे थप अुनसन्धानपछि कालोबजारीको मुद्दा चलाउने प्रहरीकाे तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment