१७ असार, काठमाडौं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीले प्रायोजन गरेर डा. गोविन्द केसीलाई कर्णाली पुर्याएको आरोप लगाएका छन् ।
साथै पूर्वस्वास्थ्यमन्त्री गगन थापामाथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी नियुक्तिमा आर्थिक चलखेलको आरोप लगाए ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिन एउटा विश्वविद्यालयले ५ मेडिकल कलेजलाई सम्बन्धन दिने व्यवस्था राखिएको दाबी गरे । उनले अघि भने, ‘उहाँको भित्रभित्र पुगेर हेरिरहेको छु । गोविन्द केसीलाई प्रयोजन गर्ने विवकशील साझा पार्टी हो ।’
माइतीघर मण्डलामा कागजको टोपी लगाउनेहरु घुम्दैमा परिर्वतन सम्भव नहुने उनले बताए ।
डा. केसी १५ औं पटक मात्र नभई ३५/४० पटक अनसन बस्ने दिन आउने उनले बताए । प्रसाईले भने, को हुन् र गोविन्द केसी ? उनीसँग सम्झौता गरेको किन लागू गर्ने ? कहाँ मेडिकल कलेज चाहिन्छ भन्ने राज्यले गर्ने हो ।’
उनले गगन थापा स्वास्थ्यमन्त्री हुँदा वीपीको भीसी नियुक्त गर्दा १४ करोड लिएको हल्ला चलेको बताए । प्रमाण छ भन्ने प्रश्नमा उनले भने, ‘घुसको लेनदेन हुन्छ, प्रमाण हुँदैन ।’
गगनले आफूलाई माफिया भन्दै संसदमा बोलेको भन्दै आक्रोश पोखेको उनले भने, गगनजीलाई भन्न चाहन्छु,अर्कालाई अपराधी भनेर नउम्किँदा हुन्छ ।’
आफू ५६ सालदेखि जनयुद्ध लडेको, ६ महिना जेल बसेको र गणतन्त्र ल्याउन आफ्नो योगदान दिएको भन्दै उनले प्रश्न गरे, ‘बोल्दैनन् भनेर हेपेको हो ?’
प्रचण्ड र केपी ओलीलाई एक ठाउँमा राखेको दालभात खुुवाएर एउटै कम्युनिस्ट पार्टी बनाउन आफूले योगदान गरेको दाबी गर्दै बी एण्ड सी कलेजका सञ्चालक प्रसाईंले भने, ‘देश जोड्ने काम गरेको हो दुर्गा प्रसाईंले । के गलत गरेको छु ?’
प्रतिक्रिया 4