Comments Add Comment

पोखरामा ‘गण्डकी प्रदेश’का सांसदको पुत्ला जलाउने चेतावनी

समानुपातिक सांसदलाई बहिस्कार गर्ने आदिवासीको निर्णय

२१ असार, काठमाडौं । प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश राख्ने नेकपा, कांग्रेस र राजमोवीचको सहमति पनि आदिवासी जनाजातिसँग सम्बन्धित संघसंस्थाहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार पोखरामा प्रदेश ४ का सांसदहरुको पुत्ला दहन गर्ने तयारी गरेका छन् ।

‘हामीले आन्दोलनका लागि प्रदेश ४ का ११ जिल्लामध्ये ९ जिल्लामा प्रतिनिधिहरु खटाएका छौं, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले अनलाइनखबरसँग भने, ‘अब समानुपातिक तर्फबाट जितेका प्रदेश सांसदहरुलाई सामाजिक बहिस्कार गरिने छ । उनीहरु सहभागी कार्यक्रममा आदिवासी जनजातिहरु सहभागी हुने छैनन् ।’

शुक्रबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्ने र त्यसपछि सिटी जुलुसका साथै सांसदहरुको पुत्ला जलाइने छन्त्यालले बताए ।

त्यसैगरी लमजुङ, स्याङजा, बाग्लुङ, म्याग्दी, तनहु लगायतका जिल्लामा विरोध कार्यक्रम गरिने उनले जानकारी दिए ।

आदिवासी जनजाति संघसंस्थाहरुले प्रदेशको नाम पहचिानका आधारमा राखिनुपर्ने माग गर्दै आएका छन् । प्रदेश ४ को नाममा तुममान जोडिनुपर्ने उनीहरुको माग छ ।

आदिवासी नेताहरुले यसअघि गृहमन्त्री, उर्जामन्त्री लगायतका नेतालाई भेटेर पहिचानका आधारमा प्रदेशेको नामाकरण गर्न माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment