
२१ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालमा महाधिवेशनपछि अध्यक्ष मण्डल नराख्ने प्रस्ताव आएको छ ।
मधेस केन्द्रित ६ दल मिलेर राजपा गठन गर्दा सबै दलका अध्यक्षहरुलाई समेटेर अध्यक्ष मण्डल बनाइएको थियो र महन्थ ठाकुर अध्यक्ष मण्डलका संयोजक थिए ।
आगामी वैशाखमा महाधिवेशन गर्ने तयारी छ । बुधबार बसेको राजनीतिक समितिको बैठकमा पार्टीको विधान पेश भएको छ, जसमा महाधिवेशनपछि अध्यक्ष मण्डल नराख्ने उल्लेख छ ।
विधान मस्यौदा समितिका सदस्य वृषेशचन्द्र लालले विधान प्रस्तुत गरेका थिए । महासचिव केशव झाका अनुसार अध्यक्ष मात्र राख्ने प्रस्तावमा लगभग सबैको सहमति छ ।
बैठकमा संसदीय दलको विधान, पार्टीका तल्लो कमिटीहरुको अधिवेशन लगायतका विषयमा पनि छलफल भएको उनले बताए । बैठक भोलि फेरि बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4