Comments Add Comment

थाइल्याण्डको गुफामा फसेका बालकको उद्धारमा खटिएका एक जनाको मृत्यु

गुफामा फसेका बालक तथा तिनका फुटबल प्रशिक्षक

२२ असार, काठमाडौं । थाइल्याण्डको एक गुफामा फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्धारमा खटिएका एक उद्धारकर्मीको मृत्यु भएको छ ।

अधिकारीहरुका अनुसार ३८ वर्षीय समन कुननको मृत्यु भएको हो । उनी गुफामा फसेकाहरुलाई राहत सामग्री पुर्‍याएर फर्किने क्रममा बेहोस भएका थिए । उनको बहोस अवस्थामा मृत्यु भएको बीबीसीले जनाएको छ ।

समन कुनन थाइल्याण्डको पूर्व सैनिक हुन् । गुफामा बच्चाहरु फसेको थाहा पाएपछि उनी उद्धारकर्मीको टोलीमा सामेल हुन आएका थिए ।

स्थानीय डेपुटी गभर्नर पासाकोर्न बुनयालकले पत्रकारहरुलाई भनेका छन्, एक पूर्व सैनिक जो आफ्नो इच्छाले राहत र बचाउको काममा मद्दत गर्न आएका थिए, गएराति अबेर उनको मृत्यु भयो । उनको काम गुफाभित्र अक्सिजन पुर्‍याउने थियो तर फर्किने बेला उनीसँग नै पर्याप्त अक्सिजन भएन ।’

उत्तरी थाइल्याण्डको एक गुफामा बाढीको कारण १२ दिनदेखि फसेका १२ जना बालक र उनीहरुको फुटबल प्रशिक्षकलाई सुरक्षित रुपमा बाहिर निकाल्ने योजनाअनुसार अहिले काम भइरहेको छ । सबैभन्दा अप्ठ्यारो त यो छ कि ति सबै बालकहरुलाई पौडिन आउँदैन । बच्चाहरु र उनीहरुका आमा–बुवासँग कुराकानी गराइदिने उद्देश्यले गुफाभित्र टेलिफोन लाइन जोड्ने प्रयास भइरहेको अधिकारीहरुले बताउका छन् ।

यी सबै २३ जुनको दिन साँझ फुटबल अभ्यास गरेपछि उत्तरी थाइल्याण्डको एक गुफा हेर्न भनेर गएका थिए । तर बाढीको पानीका कारण सबै जना गुफाभित्रै थुनिए ।

उद्धारकर्ताहरुको टोलीले नवौं दिनमा ११ देखि १६ वर्षका बच्चाहरु र उनीहरुको २५ वर्षे प्रशिक्षक गुफाभित्र फसेको पत्ता लागेको थियो । दसौं दिनमा उनीहरुलाई खानेकुरा र केही औषधिहरु पुर्‍याइएको थियो ।

उनीहरुलाई बाहिर निकाल्न चार महिनासम्म लाग्नसक्ने थाइल्याण्डको सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment