Comments Add Comment

सार्वजनिक स्थानमा प्रदर्शनमा रोक नलगाउन सर्वोच्चको अन्तरिम आदेश

२२ असार, काठमाडौं । सर्वोच्च अदालतले माइतीघर मण्डलासहित सार्वजनिक स्थानमा प्रदर्शनमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । यस विषयमा छलफलका लागि सरकार र रिट दायरकर्ता दुबै पक्षलाई असार २९ गते बोलाएइएको छ ।

स्थानीय प्रशासनले विरोध प्रदर्शन गर्ने ठाउँ तोक्दै माइतीघर मण्डला लगायतका ठाउँमा निषेधाज्ञा जारी गरेको थियो ।

त्यसविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले य कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

साथै लिखित जवाफ पेश गर्न सरकारको नाममा आदेश पनि दिएको छ ।

यो पनि पढ्नुहोस्

सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा रोक लगाउनेविरुद्ध सर्वोच्चमा रिट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment