Comments Add Comment

तीव्र बसाइसराइँ रोक्न खानेपानी आयोजना निर्माण

२२ असार, चितवन । तनहुँको व्यास नगरपालिका-८ कोटथोकमा कुनै एक समयमा बसाइसराइ तीव्र बन्यो । कारण थियो खानेपानीको अभाव ।

विषेश गरी हिउँदको समयमा पिउनका लागि पानीको समेत समस्या भएपछि गाउँलेहरुले पूर्खाको थाकथलो छाड्न थाले ।

विगतमा ६५ घरधुरी बसोबास गर्दै आएकोमा कोटथोकमा पानीकै समस्याका कारण जम्मा १४ घरधुरी मात्रैं बाँकी रहे । खानेपानी अभावले अन्यन्त्र बसाई सर्ने क्रम बढ्दै जादाँ गाँउ नै खाली हुने खतरा आएपनि अहिले सो गाउँमा खानेपानीको व्यवस्थापन गरिएको छ ।

बसाइ सरेर बाँकी रहेका गाउँका १४ घरका सवैका आँगनमा खानेपानीको धारा जडान गरिएको छ । एक धारा भने सार्वजनिक स्थानमा जोडिएको छ ।

विगतमा पाएको दुःख र हैरानीलाई खानेपानीको व्यवस्थापनले विस्थापन गरिदिँदा गाउँलेहरुमा खुसी फर्किएको छ ।

कोटथोक खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर गुरुङ्गले खानेपानीकै अभावका कारण गाउँ नै रित्तो भएको भन्दैं गाउँबाट अन्यत्र गएकाहरु पुनः पुर्खाको गाउँ र्फकने विश्वास व्यक्त गरे ।

व्यास नगरपालिकासहित विभिन्न निकायको आर्थिक सहयोगमा ८ हजार लिटर क्षमताको खानेपानी ट्याङकी निर्माण गरी घरघरमा पानीको धारा पुर्‍याइएको छ ।

१५ लाख २१ हृजार ३ सय ३७ रुपैयाँको लागतमा लिफ्ट मार्फत पानी ट्याङकीमा जम्मा गरि वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर गुरुङ्गले जानकारी दिए ।

व्यास नगरपालिकाको ६ लाख, तनहुँ समाज हङ्गकङ्गको ६ लाख, कोटथोक सम्पर्क समाज युकेबाट ५ लाख ७० हजार ६ सय ९५, कोटथोक सम्पर्क समाज पोखराको २ लाख २२ हजार ४ सय ४६, साविक क्यामिन गाविसबाट प्राप्त १ लाख ३५ हजार ९ सय, कोटथोक सम्पर्क समाज दमौलीको ३४ हजार, संगम युवा क्लब दमौलीबाट प्राप्त २५ हजार र अन्य विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले खानेपानीको व्यवस्थापनका लागि सहयोग गरेका छन् ।

१५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएपनि आयोजना सञ्चालनका लागी २२ लाख २४ हजार १ सय ५५ रुपैयाँ प्राप्त भएको उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर गुरुङ्गले जानकारी दिए ।

आयोजनाको लागतको ७ लाख बढी रकम आम्दानी भएकाले आयोजना मर्मत सम्हार तथा गाँउलेलाई प्राविधिक तालिम दिनमा खर्च गरिने समितिका अध्यक्ष गुरुङ्गले जानकारी दिए ।

आयोजनाको आज शुक्रबार एक कार्यक्रमका बीच प्रदेश सभा सांसद सरिता गुरुङ्गले उद्घाटन गरिन् ।

खानेपानी आयोजना उद्घाटन गर्दै गुरुङ्गले ऐतिहासिक ठाउँ भएपनि कोटथोक विकासमा धैरे पछाडि परेकाले कोटथोकमा विकासका पूर्वाधार विस्तारका लागी आफुले पहल गर्ने धारणा राखिन् ।

कार्यक्रममा एनजिओ नेटवर्क तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङ्ग, साविक क्यामिन गाविसाका पुर्व अध्यक्ष शिव सिंह गुरुङ्ग, नेपाल प्लेहेम परिवारका केन्द्रीय अध्यक्ष टकबहादुर गुरुङ्ग, तनहुँ समाज हङ्गकङ्गका पुर्व अध्यक्ष भिमराज गुरुङ्ग निवर्तमान अध्यक्ष जंग थापा, नेपाल पत्रकार महासंघ तनहुँका पुर्व अध्यक्ष प्रदीप काˆले, तनहुँ तमु समाज पोखराका पुर्व अध्यक्ष सु.मे प्रेमचन्द गुरुङ्ग, सल्लाहकार केश बहादुर गुरुङ्ग, क्यासमिरी पर्यटन बोर्डका अध्यक्ष शमशेरबहादुर कुवँर, माया गुरुङ्ग लगायतले आयोजना दिगो हुनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment