+
+

पर्सामा एक करोड रुपैयाँसहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २४ गते १२:२१

२४ असार, पर्सा । प्रहरीले एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको वीरगञ्ज–१२, रानीघाटबाट राहुल केशरी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख एसपी रेवती ढकालले उनीसहित अन्य केही व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको पुष्टि गरे ।

बरामद गरिएको रकम हुण्डीको भएको प्रहरी आशंका छ ।

‘केशरीले आफ्नो संलग्नता स्वीकारिसकेका छन्’, एसपी ढकालले भने, ‘नियन्त्रणमा लिइएका अन्यको संलग्नता छ वा छैन भन्ने बारेमा सोधपुछ गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?