Comments Add Comment

अनशन तोडेर वार्तामा आउन डा. केसीलाई मन्त्री पोखरेलको आहृवान

२४ असार, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वरिष्ठ चिकित्सक गोविन्द केसीलाई आमरण अनशन तोडेर वार्तामा आउन आहृवान गरेका छन् ।

मन्त्री पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई जस्ताको तस्तै संसदमा पेश गरिएको उल्लेख गर्दै आमरण अनशन तोडेर वार्तामा आउन केसीलाई आहृवान गरेका हुन् । उनले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेर शिक्षा क्षेत्रमा भएका सबै विकृति र विसंगतिलाई अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिए ।

आइतबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले सरकार केदारभक्त माथेमा प्रतिवेदन कार्यान्वयन गर्न तयार रहेको पनि स्पष्ट पारे । जुम्लामा आमरण अनशनमा बसेका वरिष्ठ चिकित्सक केसीलाई तत्काल काठमाडौंमा आउन पनि मन्त्री पोखरेलको आग्रह छ ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिक परिषद (सीटीईभीटी) लाई पुनर्गठन गर्ने घोषणा पनि गरे । उनले प्राविधिक शिक्षालाई आम जनताको पहुँचमा पुर्‍याउने गरी सीटीईभीटीलाई पुनर्गठन गर्न लागिएको पनि स्पष्ट पारे । मन्त्री पोखरेलले प्रविधिमैत्री शिक्षालाई मुलुकको समृद्धिसँग जोडन सरकार लागि परेको पनि बताए ।

मन्त्री पोखरेलले शिक्षालाई जीवन उपयोगी बनाउन सबै तहको पाठ्यक्रम परिमार्जन गर्न लागिएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment