Comments Add Comment

साम्राज्ञी-मयंक प्रेमको द इन्ड


नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकिएको छ । डेजाभु क्लबका संचालक मयंक खड्कासितको लामो प्रेमलाई उनले पूर्णविराम दिएकी हुन् ।

हुन त, साम्राज्ञी र मयंकले कहिल्यै आफूहरुको प्रेमलाई सार्वजनिक रुपमा स्वीकार नै गरेनन् । कार्यक्रममा पुग्दा पनि मयंकले पत्रकारलाई आफ्नो तस्वीर नलिन आग्रह गर्थे ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’को छायांकनका लागि दोश्रो पटक लण्डन उडेपछि साम्राज्ञी र मयंकविच खटपट आएको चर्चा चलेको छ । तर, यसको सुरुवात भने त्यस अगाडि नै भएको थियो ।

डेजाभु क्लबमा तोडफोड भएपछि प्रहरीले यसका संचालकहरुलाई समातेको थियो । त्यसबेला मयंक पनि एक रात जेल परेका थिए । सोही समयदेखि नै साम्राज्ञी मयंकसँग केही टाढा भएको बुझिएको छ ।

यता, साम्राज्ञीलाई मयंकले शंका गर्न थालेकाले सम्बन्धमा उतारचढाव आएको समेत चर्चा चलेको छ । साम्राज्ञीले ‘ब्रेकअप भएर के भयो त भन्नु ?’ बाहेक अरु प्रतिक्रिया दिएकी छैनन् ।

मयंकले भने, ‘मैले शंका गरेँ रे, कति हाँस्नु ? भन्दै स्टाटस लेखेका छन् ।

साम्राज्ञी र मयंकवीच लफडा उत्पन्न भएको केही महिना भयो । तर, चलचित्र ‘तिमी सँग’को प्रिमियरमा मयंक पुगेपछि उनीहरुवीच सम्बन्ध सुध्रिएको अनुमान गरिएको थियो ।

तर, अहिले यो जोडी अलग भएको छ । मयंकले साम्राज्ञीसँग ब्रेकअप भएको आफू निकट केही साथीहरुलाई समेत सुनाएका थिए । साम्राज्ञी भने प्रेमको बिषयमा केही पनि बोल्ने मुडमा छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment