Comments Add Comment

शान्ति समाजले सिंहदरबार र बालुवाटार अगाडि धर्ना दिने

फाइल तस्वीर

२४ असार, काठमाडौं । सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरिरहेको भन्दै मानव अधिकार तथा शान्ति समाजले आन्दोलन घोषणा गरेको छ । शान्ति समाजले असार २६ गते सिंहदरबारको दक्षिण गेट अगाडि सरकाविरुद्ध धर्ना गर्ने जनाएको छ ।

दिउँसो १ बजे हुने प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत नागरिक अगुवा तथा अधिकारकर्मीहरुको सहभागी हुने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

यसैगरी असार ३० गते प्रधानमन्त्री निवास वालुवाटारको ३ नम्बर गेट अगाडि र असार ३२ गते संसद भवन अगाडि प्रदर्शन गर्ने मानव अधिकार तथा शान्ति समाजले जनाएको छ । साउन १ गतेदेखि भने काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा नागरिक सभा आयोजना गर्ने र त्यसलाई नागरिक अगुवाहरुले समर्थन गर्ने पनि शान्ति समाजले बताएको छ ।

सरकारले आधारभूत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी निर्णयहरु गरेको र न्यायिक निर्णयसमेत लत्याएर आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेकाले आन्दोलन घोषणा गरेको शान्ति समाजको भनाइ छ ।

‘नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुने गरी कतिपय निर्णय गरेको छ । साथै न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले यो आन्दोलन प्रक्षेपण गरेको हो’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment